अब घर-घरमा तार बिनाको बिजुली, यसरी हुँदैछ सम्भव

अब घर-घरमा तार बिनाको बिजुली, यसरी हुँदैछ सम्भव


कल्पना गर्नुस् तपाईँ बिहान उठ्दा तपाईँको घर अगाडिको बिजुलीको खम्बा गायब भयो । डर पनि लाग्न सक्छ बत्ती कसरी बाल्ने त ? तर, डराउनु पर्ने आत्तिनु पर्ने केही कुरा छैन। बिजुलीको खम्बा अनि तार नभएपनि अब तपाईँको घरमा बत्ती बल्नेछ ।  

न्युजिल्याण्ड सरकार एमरोड नामक एक स्टार्टअप कम्पनीसँग मिलेर बिना तारको बिजुली आपूर्ति गर्ने एक परियोजनामा तीव्र गतिका साथ काम गरिरहेको छ। यस  साझेदारीले मूर्तरुप लिएका खण्डमा बिना तारको बिजुलीको सपना साकार हुनेछ।

हुनत  यसो झट्ट कुरा यो सुन्दा कुनै विज्ञान कथा (science fiction) जस्तो लाग्छ तर यसको–प्रौद्योगिकी प्रविधि भने विकसित भइसकेको छ। अब यसको उपयोगिताका बारेमा अध्ययन भइरहेको छ।

यस किसिमको पहिलो पाइलट प्रोजेक्ट न्युजिल्याण्डको दोस्रो ठूलो विद्युत वितरण कम्पनी पावरले यसै वर्ष स्टार्टअप कम्पनी एमरोड  सुरु गर्न गइरहेछ। बिना तार बिजुली आपूर्ति गर्न परीक्षणका लागि यी दुई कम्पनीले १३० फुटको एउटा प्रोटोटाइप वायरलेस इनर्जी इन्फ्रास्ट्रक्चर बनाउने योजना बनाएका छन् । यसलाई मूर्तरूप दिन एमरोडले रेक्टिफाइड एन्टिना बनाएको छ।

यस रेक्टिफाइड एन्टिनालाई रेक्टिना नाम दिइएको छ। यस एन्टिनाको माध्यबाट ट्रान्समिटर एन्टिनाबाट पठाइने बिजुलीको माइक्रोवेभलाई समाउन सकिनेछ । यो प्रविधि न्युजिल्याण्डको पहाडी क्षेत्रका लागि वरदान  सावित हुनेछ ।

वायरलेस पावर ट्रान्समिशन विकसित गर्ने एमरोडका संस्थापक ग्रेग कुशनिरका अनुसार लामो दूरीको वायरलेस पावर ट्रान्समिशनको प्रविधि विकसित भइसकेको छ। यो प्रविधि पहिला  पनि थियो। यसले उर्जा क्षेत्रमा क्रान्ति नै ल्याउने विश्वासका साथै यसलाई भविष्यको प्रविधिकारूपमा  लिइँदैछ।

कुशनिरका अनुसार यस  प्रविधिको विकास सबैभन्दा पहिला  प्रसिद्ध वैज्ञानिक निकोल टेस्लाले गरेका थिए। टेस्लाले आजभन्दा झण्डै १३० वर्ष अघि सन् १८९० को दशकमा नै यसको परिकल्पना गरेका थिए। जसका लागि उनले टेस्ला क्वायल नामको एक ट्रान्सफर्मर सर्किटमा कामसमेत गरेका थिए। जसले बिजुली उत्पादन त गर्थ्याे तर, लामो दूरीमा रहेको बीमलाई नियन्त्रित गर्ने कुरामा भने उनी असफल रहे। हालको स्टार्टअप कम्पनी टेस्लाको यही सोचलाई साकार बनाउने दिशामा अघि बढीरहेको छ।

स्मरण रहोस् एसी विद्युत (Alternating current) बनाउने श्रेय निकोला टेस्लालाई नै प्राप्त छ। हामीले प्रयोग गर्ने रिमोट कन्ट्रोल पनि उनकै देन हो।

Skip This
Logo