कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?


काठमाडौं ।

नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९५ हजार १ सय कायम गरिएको छ ।

यता चाँदीको भाउ भने आज १० रुपैयाँ बढेको छ । आज चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo