लाम्पार्डलाई जरिवाना

लाम्पार्डलाई जरिवाना


एभर्टनका म्यानेजर फ्रान्क लाम्पार्डलाई इङल्यान्ड फुटबल संघले (एफए) जरिवाना तिराएको छ ।

गत अप्रिलमा लिभरपुलविरुद्वको खेलमा २-० को हार भोगेपछि रेफ्रीको निर्णयलाई लिएर आलोचना गरेका लाम्पार्ड कारबाहीमा परेका हुन् । एफएले उनलाई ३० हजार पाउन्ड अर्थात् नेपाली ४६ लाख ८१ हजार रुपैयाँ जरिवाना गराएको छ । 

एभर्टनका खेलाडी एन्थोनी गोर्डनलाई जोएल माटिपले पेनाल्टी क्षेत्रमा फाउल गर्दा पनि रेफ्रीले पेनाल्टी नदिएका कारण लाम्पार्ड निराश भएका थिए । रेलिगेसनबाट बच्न लडिरहेको एभर्टनका लागि लिभरपुलविरुद्वको उक्त खेल महत्वपूर्ण थियो । तर एभर्टनले ९०औं मिनेटको खेलमा आफ्नो संयमता गुमाउँदा हार भोग्न पुग्यो । यद्यपि यो सिजन एभर्टनले १६औं स्थानमा रहेर लिग टुंग्याएको थियो ।  

Logo