शरद ऋतुमा हिमाल आरोहणका लागि सोमबारसम्म ६७ जनाले लिए अनुमति

शरद ऋतुमा हिमाल आरोहणका लागि सोमबारसम्म ६७ जनाले लिए अनुमति


शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिन सुरु भएको छ। पर्यटन विभागले ३ वटा हिमाल आरोहणका लागि अनुमति दिइसकेको हो। 

विभागका अनुसार सोमबारसम्म ६७ जना आरोहीले अनुमति पाएका छन्। जसमा ७ वटा टोलीमा ५७ जना पुरुष र १० जना महिला रहेका छन् । 

हिमाल आरोहणमा सबैभन्दा बढी मनास्लु आरोहरणकालागि अनुमति लिएका छन्। ५ वटा टोलीका ६३ जनाले मनास्लु आरोहणकालागि अनुमति लिएका हुन्। 

त्यस्तै हिमलुङ हिमाल आरोहणकालागि ३ जना, सारीबुङ आरोहणकोलागि १ जनालाई अनुमति दिएको छ। हिमाल आरोहणमा सबैभन्दा बढी अर्जेन्टीनी १४, युएईका १०, अमेरिकी ८ जनाले अरोहण अनुमति पाएका छन्। विभागले हिमाल आरोहणबाट ७३ लाख रुपैयाँ रोयल्टी प्राप्त गरेको छ।

Logo