दक्षिण अफ्रिकामा भेटियो भाले माहुरीलाई आकर्षित गर्न नक्कली पोथी माहुरी उडाउने अनौठो बिरुवा

दक्षिण अफ्रिकामा भेटियो भाले माहुरीलाई आकर्षित गर्न नक्कली पोथी माहुरी उडाउने अनौठो बिरुवा


प्रकृतिले विभिन्न प्रकारका जीवहरूको सृष्टि गरेको छ र पृथ्वीमा करोडौं प्रजातिका वनस्पति र जीवजन्तुहरू छन्। प्रकृतिले हरेक प्राणीलाई आफ्नो जीवन चलाउन आवश्यक सीप र प्रविधि पनि प्रदान गरेको छ । 

हालै दक्षिण अफ्रिकामा एउटा यस्तो अनौठो बिरुवा भेटिएको छ, जसले पराग निकाल्ने भाले माहुरीलाई आकर्षित गर्नका लागि नक्कली पोथी माहुरी पैदा गरेर उडाउँछ। यो अनौठो बिरुवा कुन हो र यसले पराग छोड्ने भाले माहुरीहरूलाई नक्कली पोथी माहुरीद्वारा कसरी आकर्षित गर्छ ? आउनुहोस् जानौँ।

क्याम्ब्रिज विश्वविद्यालयले गोर्टेरिया डिफ्यूसा नामक एउटा यस्तो अनौठो डेजी बिरुवाको अध्ययन गरेको छ, जसले भाले माहुरीलाई आकर्षित गर्न नक्कली पोथी माहुरी उडाउँछ । ती पोथी माहुरीहरु थ्री डाइमेन्सनल (थ्रीडी) अर्थात् त्रि–आयामिक हुन्छन् । जुन अदृश्य हुन्छन् तर भाले माहुरीलाई उनीहरु उडेको अनुभूति हुन्छ। जसकारण भाले माहुरीहरु विरुवाप्रति आकर्षित हुन्छन् ।

यो अध्ययन जर्नल करेन्ट बायोलाेजीमा प्रकाशित गरिएको छ । यो बिरुवा साउथ अफ्रिकाको निकै कम वर्षा हुने मरुभूमिमा हुर्कने अध्ययनले देखाएको छ । यो विरुवाले छोटो बढ्दो मौसममा फूलहरू उत्पादन गर्नुपर्ने, तिनीहरूलाई परागण गरेर मर्नुअघि बीउ पनि छोडेर जानुपर्ने भएकाले परिस्थिति अनुसार यस्तो जीन पैदा गर्छ, जसले धेरैभन्दा धेरै भाले माहुरीलाई आफूतर्फ आकर्षित गर्न सकोस् । यो प्रजातिको वनस्पति अस्तित्वमा आएको धेरै समय नभएको पनि विश्वविद्यालयको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

अन्य प्रजातिहरूको तुलनामा भने यो २० लाख वर्ष पुरानो रहेको बताइएको छ।

Logo