एसिसी प्रिमियर कप: फाइनलमा नेपाल र यूएई भिड्दै

एसिसी प्रिमियर कप: फाइनलमा नेपाल र यूएई भिड्दै


एसिसी प्रिमियर कपको फाइनल खेलमा आज नेपालले यूएईको सामना गर्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ । नेपाल समूह ए को विजेता हुँदै फाइनलमा स्थान पक्का गरेको हो ।

सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।

तर आज फाइनल खेल वर्षाले प्रभावित हुने उच्च सम्भावना छ । आज काठमाडौँमा भारी वर्षाको सम्भावना छ । वर्षा भएमा खेल जहाँ रोकिएको छ अर्को दिन त्यहिँबाट नै सुरुहुनेछ । यदि मंगलबार खेलको नतिजा आउन नसकेमा सुपर ओभर खेलाउन प्रयास गरिनेछ ।

 

Logo