ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन्। जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

रंगशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

यस्तै च्यासल मैदानमा रोयल ब्लु सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Logo