काठमाडौँ महानगरकी उपमेयर डंगोलले चीनमा आफनो प्रस्तुतिकरण दिने

काठमाडौँ महानगरकी उपमेयर डंगोलले चीनमा आफनो प्रस्तुतिकरण दिने


काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफनो प्रस्तुतिकरण दिने भएकी छन् ।

चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फबाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिन लागेकी हुन् । 

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफनो प्रस्तुतीकरण दिनेछिन् । ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ ।  
 

Logo