कोहलीको शतकमा बेंगलोरको सानदार जित

कोहलीको शतकमा बेंगलोरको सानदार जित


इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई हराएको छ। 

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा ओपनर विराट कोहलीको शतकमा  बेंगलोरले सनराइजर्स हैदराबादलाई  हराएकाे हाे । ८ विकेटको जितसँगै बेंगलोरले प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ।

हैदराबादले दिएको १ सय ८७ रनको लक्ष्य बेंगलोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेकाे छ । बेंगलोरका लागि ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले। कोहलीको यो आइपीएल करिअरको छैटौँ शतक हो।

पहिलो विकेटका लागि कोहली र कप्तान फाफ डु प्लेसिसले १ सय ७ बलमा १ सय ७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। कप्तान डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनमा आउट भए। ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा अविजित रहे। 

हैदराबादका लागि टि नटराजन र भुवनेश्वर कुमारले समान १/१ विकेट लिए।त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। 

हैदराबादका लागि विकेटकिपर हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौँथो स्थानमा छ।  हारसँगै प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद १३ खेलमा ४ जित र ७ हारका साथ पुछारमा रहेको छ।

Logo