सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको प्रधानमन्त्रीको जवाफ

सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको प्रधानमन्त्रीको जवाफ


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खर्चको चापका कारण दुग्ध विकास बोर्ड खारेज गरिएको बताएका हुन् । 

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यक्षेत्र मन्त्रालय एवं विभागबाट भइरहेको कार्य समानान्तर प्रकृतिको देखिएको भन्दै उनले बोर्ड खारेज गर्दै यसको नियामक र प्रवर्धकको कार्य मन्त्रालयबाट हुने व्यवस्था मिलाइने जानकारी दिए । 

Skip This
Logo