मिटरब्याज पीडितलाई न्याय नदिएर सरकारले झुक्याउन खोज्योः एमाले सचेतक गिरी

मिटरब्याज पीडितलाई न्याय नदिएर सरकारले झुक्याउन खोज्योः एमाले सचेतक गिरी


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले मिटरब्याज पीडितलाई न्याय नदिएर झुक्याउन खोजेको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वैशाख २७ गतेदेखि असार ५ सम्म सरकार लामो निद्रामा परेको र हतारमा असार ११ गते राष्ट्रियसभाको ‘फुल हाउस’बाट हतार हतार छलफल नगरी विधेयक पारित गरेको बताए।

उनले भने,“राष्ट्रियसभाले फास्ट ट्रयाकबाट पारित गरेको छ। यहाँ डकुमेन्ट हाम्रो हातमा छैन। तर पनि छलफलमा बस्नुपरेको छ, संसद्लाई गुमराहमा राख्ने गरी विधेयक पास गर्न सरकारले खोजेको छ। जनता र सदनलाई गुमराहामा राख्ने काम सरकाले गरिरहेको छ, यो यो चेष्टा नगरोस्।”

Logo