एसिया कप क्रिकेटमा बंगलादेशमाथि श्रीलंकाको जित

एसिया कप क्रिकेटमा बंगलादेशमाथि श्रीलंकाको जित


एसिया कप क्रिकेटको सुपर फोरको खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको छ। सुपर फोरको पहिलो खेलमा श्रीलंकाले जित हासिल गरेको हो। पछिल्लो हारसँगै बंगलादेशको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।

श्रीलंकाले प्रस्तुत गरेको २ सय ५८ रनको लक्ष्य पछ्याएको बंगलादेश २ सय ३६ रनमा समेटियो। तौहीद ह्दयोयले सर्वाधिक ८२ रन बनाएको खेलमा मुश्फिकुर रहीमले २९, मेहदी हसन मेरोजले २८, मोहम्मद नइमले २१ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले खासै रन बटुल्न सकेनन्।

श्रीलंकाका महेश थिक्षणा, दासुन शनाका र मथिशा पथिरानाले समान ३ विकेट लिए। डुनिथ वेललेजको नाममा एक विकेट रह्यो। सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतीमा २ सय ५७ रन बनाएको थियो। 

सदीरा समरविक्रमाले सर्वाधिक ९३ रन बनाएको इनिङ्समा कुशल मेन्डिसले ५० रनको अर्धशतकिय पाली खेलेका थिए। ओपनरद्धय पथुम निसान्काले ४० र दिमुथ करुणारत्नेले १८ रन बटुलेका थिए। कप्तान दासुन शनाकाले २४ रन बनाएका थिए।

बंगलादेशका तस्कीन अहमत र हसन महमुदले समान ३ तथा शोरगुल वाला इस्लामले २ विकेट हात पारेका थिए। सुपर फोरको खेलमा पाकिस्तान र श्रीलंकाले समान २ अंक जोडेका छन्। दुवै खेलमा पराजित बंगलादेश अंक विहीन छ।

Logo