यती एयरलाइन्सको सीईओ बने सुवास सापकोटा

यती एयरलाइन्सको सीईओ बने सुवास सापकोटा


नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास सापकोटा नियुक्त भएका छन् । सीईओ पदमा नियुक्त भएका सापकोटाले सोमबारदेखि नै कार्यभार सम्हालेका छन् ।

यति एयरलाइन्स लगानीको नयाँ संरचनामा जाने भएपछि नयाँ सीईओ नियुक्त गरेको हो। यसअघि उनी इसेवामा कार्यरत थिए । 

यसैबीच यति एयरलाइन्सले आइपीओमा जाने गरी नयाँ साझेदार भित्र्याएको छ । सोमबारबाट औपचारिक रूपमा एसियन लाइफले ४९ प्रतिशत सेयर स्वामित्व लिएर यति एयरलाइन्स प्रवेश गरेको हो ।

अब आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै यति एयरलाइन्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्स २५ वर्षपछि पब्लिक कम्पनी भएको हो । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएको हो। प्राधिकरणमा एसियन लाइफले राखेको प्रस्ताव अनुसार उसले १ सय ७० रुपैयाँ प्रतिकित्ताका दरले यतीको सेयर किन्नेछ। जस अनुसार अनुमति लिएको सबै सेयर एसियन लाइफले खरिद गर्ने हो भने डेढ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने हुन्छ।

Logo