मित्र राष्ट्र जापानको ओसाकामा नोभेम्बर २५ तारिखमा आयोजना हुने विश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । "/>

४ सदस्यीय म्याराथन टोली जापान प्रस्थान

४ सदस्यीय म्याराथन टोली जापान प्रस्थान


मित्र राष्ट्र जापानको ओसाकामा नोभेम्बर २५ तारिखमा आयोजना हुने विश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । नेपाली टोलीलाई शुभकामना दिँदैं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमविच विदाई गरे ।

नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको व्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर र खेलाडी द्वयमा धर्म महर्जन तथा पुष्प लाल श्रेष्ठ रहेका छन् । “अन्तर्राष्ट्रिय प्रशिक्षण नभएता पनि नेपाली धावकहरुले उत्कृष्ट नतिजा ल्याउने छन्” प्रशिक्षक बैकुण्ठ मानन्धरले बताए ।

विगत १० वर्ष देखि डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले खेल तथा खेलाडीहरुको विकास तथा उत्थानमा हरदम प्रयास गर्दै आईरहेको संस्थापक अध्यक्ष डा. खगेन्द्र बहादुर श्रेष्ठले जानकारी गराए ।

Logo