अमिताभ बच्चन–राजीव गान्धी सम्बन्धको रोचक किस्सा 

अमिताभ बच्चन–राजीव गान्धी सम्बन्धको रोचक किस्सा 


 फ्रेन्डसिप डे विशेष

केन्द्रबिन्दु डेस्क, २२ साउन 

एक फिल्मी अभिनेतासँग त्यस मुलुकका कार्यकारी प्रमुखको सम्बन्ध कस्तो हुँदो हो ?

प्रसंग छिमेकी मुलुक भारतको हो । र, कथा अभिनेता अमिताभ बच्चन र पूर्वप्रधानमन्त्री राजीव गान्धीको हो । दुवैबीच अभिनेता र मुलुकको कार्यकारी प्रमुखबीचको पर्खाल थिएन । अर्थात, उनीहरू एकदमै नजिकका साथी थिए, बाल्यकालदेखि नै । उनीहरूको यो मित्रता त्यसबेला नै चर्चित थियो । भनिन्छ, राजीव पढाइको सिलसिलामा जब बेलायत गएका थिए, त्यसबेला लन्डनबाट अभिताभलाई पत्र लेख्ने गर्थे । धेरैलाई थाहा छैन, राजीव र अमिताभको मित्रताका साथै उनीहरूको पारिवारिक घनिष्ठता पनि लोभलाग्दो थियो । यहाँ गान्धी र बच्चन परिवारको घनिष्ठताको किस्सा प्रस्तुत गरिएको छ । 

– अमिताभकी आमा तेजी बच्चन र राजीव गान्धीकी आमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीबीच गहिरो मित्रता थियो । 

– राजीव र अमिताभको पहिलो भेट अमिताभको बर्थ डेका दिन भएको थियो, जब तेजी बच्चनको निमन्त्रणा मान्दै इन्दिरा आफ्नो छोरा राजीवलाई लिएर बर्थ डेमा पुगेकी थिइन् । 

– इन्दिराले अमिताभलाई आफ्नो तेस्रो छोराका रूपमा लिने गरेकी थिइन् ।

– इन्दिराको मृत्यु भएपछि अमिताभ उनको अन्तिम यात्रामा पुगे र दिनभर उनको शवको छेउमा बसेका थिए । – ज्ब राजीव बेलायतमा बसेर पढ्दै थिए, त्यसबेला इन्दिरा अमिताभको घरमा पुग्थिन् र राजीवको खबर सुनाउँथिन् । 

संजय र अजिताभको पनि गहिरो दोस्ती राजीव गान्धीका कान्छो भाइ संजय र अमिताभका कान्छो भाइ अजिताभमा पनि गज्जबको फ्रेन्डसिप थियो । 
हरिवंशको घरमा भएको थियो सोनिया गान्धीको विवाह हरिवंश राय बच्चन र पन्डित जवाहरलाल नेहरू पनि एकदमै नजिकका साथी थिए । दुवै केही पटक एकसाथ देखिएका थिए । राजीव र सोनियाको विवाह बच्चन परिवारको घरमा नै भएको थियो । यस विवाहमा सोनियालाई पहिलो पटक साडी अमिताभकी आमाले लगाइदिएकी थिइन् ।

त्यति मात्र होइन, सोनिया गान्धीको कन्यादान हरिवंश राय बच्चनले नै गरेका थिए । साथै, सोनिया र राजीवको सम्बन्धको कुरा इन्दिरा गान्धीलाई तेजी बच्चनले नै बताएकी थिइन् । 
प्रियंकाको बिहेमा सबै जिम्मेवारी सम्हालेका थिए राजीव गान्धीकी छोरी प्रियंकाको बिहेमा अमिताभले नै सबै जिम्मेवारी वहन गरेका थिए । पाहुनालाई स्वागत गर्नेदेखि अन्य काममा समेत अमिताभले साथ दिएका थिए । 

Logo