भैरहवाका साइकल यात्री अर्घाखाँचीको यात्रामा, पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य

भैरहवाका साइकल यात्री अर्घाखाँचीको यात्रामा, पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य


भैरहवा साइकल सिटीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अर्घाखाँची साइकल यात्रा गरेको छ। साइकल सिटी भैरहवाका राइडरहरूले तिहारको बिदालाई सदुपयोग गर्दै आइतबार बिहान अर्घाखाँचीका लागि यात्रा तय गरेका हुन्।

पर्यटनलाई थप ऊर्जा थप्न ‘अर्घाखाँची साइकल यात्रा–२०७८’ गरिएको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले बताए। 

‘हाम्रो यात्रा तीन दिनसम्म रहने छ, आइतबार बिहान ५.३० बजे बुद्धचोकबाट यात्रा सुरु भएको छ। आइतबार कपिलवस्तु गोरुसिङ्गे हुँदै नरपानीमा बसाइ रहनेछ।

सोमबार बिहान सन्धिखर्क बजार अवलोकन भ्रमण गर्ने, मंगलबार नरपानीदेखि ढोरपाटन सडक, सालझण्डी हुँदै भैरहवा फर्किने कार्यक्रम रहेको उनले बताए। 

विपिन रेग्मीको संयोजकत्वमा १४ सदस्यीय साइकिलिस्टको टोली उक्त यात्रामा सहभागी छन्। कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित  साइकल यात्रा गरेको अध्यक्ष सारु मगरले बताए।

Skip This
Logo