नेपालको पर्यटन प्रवर्द्धनका लागि श्रीलंकामा नेपाल सेल्स मिशन

नेपालको पर्यटन प्रवर्द्धनका लागि श्रीलंकामा नेपाल सेल्स मिशन


नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयुक्त आयोजनामा श्रीलंकामा नेपाल सेल्स मिशन सम्पन्न भएको छ। कार्तिक ३० गते आयोजना गरिएको एक दिवसीय सो कार्यक्रममा नेपालबाट पर्यटन बोर्डका अधिकारीसहित १९ वटा कम्पनी तथा नेपाली पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।

कोलम्बोमा आयोजना भएको सो कार्यक्रममा जाने टोलीलाई आइतवार बोर्डका कार्यकारी प्रमुख (सीइओ)डा. धनन्जय रेग्मीले विदाई गरेका थिए। यो कार्यक्रमबाट नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनको कार्य गर्ने तथा नेपालबाट सहभागिता जनाउने व्यवसायीहरुले श्रीलंकन उपभोक्ता तथा पर्यटन व्यवसायीहरु माझ आफ्ना सेवाहरुको प्रवर्द्धन गर्दै श्रीलंकन आउटबाउण्ड टुर अपरेटरहरुसँग व्यवसायिक सम्बन्ध स्थापना एवं विस्तार गर्ने अपेक्षा गरिएको सिइओ रेग्मीले बताए।

बोर्डले यसअघि पनि श्रीलंकामा नेपालको प्रवद्र्धन गर्न नेपाल स्थित श्रीलंकन राजदुतावाससँगको सहकार्यमा नेपाली र श्रीलंकन व्यवसायीहरुबीच भच्र्युअल अन्तर्क्रिया आयोजना गरेको थियो। कोभिड १९ को संक्रमण कम हुँदै गर्दा बोर्डले विस्तारै विभिन्न मुलुकमा सेल्स मिसन आयोजना गर्ने कार्यक्रम अनुसार श्रीलंकामा मिसन आयोजना गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले जानकारी दिए।   

कार्यक्रमको पहिलो सत्रमा श्रीलंकन व्यवसायीहरुसँग बीटुबी छलफल तथा दास्रो सत्रमा नेपाल नाइट कार्यक्रम आयोजना गरिएको कार्यक्रममा सहभागी नेपाली व्यवसायी तथा नेपाल र्याफटिङ एजेन्सिज एशोसिएसन नाराका महासचिव शिशिर खनालले जानकारी दिए। खनालका अनुसार कार्यक्रममा करिब ५० जना श्रीलंकन व्यवसायीहरु सहभागी भएका थिए।  यस्तै उनीहरुले यो कार्यक्रमपछि नेपाल र श्रीलंका दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। 

Logo