उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात

उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात


डडेलधुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात भएको छ। ग्लोबल आईएमई बैंक र उग्रतारा क्षेत्र विकास समितिको सहकार्यमा उक्त सेवाको सुरुवात गरिएको हो।

अब जुनसुकै बैंकको मोबाइल बैंकिङ एप, ई-सेवा, आईएमई-पे, फोन-पे लगायतका डिजिटल माध्यमको प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट जो सुकैले पनि सजिलै उग्रतारा मन्दिरलाई दान दक्षिणा चढाउन सक्ने ग्लोबल आईएमई बैंक डडेल्धुरा शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए। 

उनले बढ्दो प्रविधिको प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीतिलाई सफल पार्न यो प्रयास गरेको बताए।

Logo