1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जन इलामको पर्यटन सद्भावना दूत

1
1
1
1
1
1
1
1

इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको उपस्थितीमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन्।

महर्जनले ०७५ जेठ ९ गते नेपालतिरबाट र ०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरेकी हुन्।

पत्रकारितामा क्रियाशील महर्जन दुवै तर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार हुन् । महर्जनलाई ०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिका बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो। महर्जनसँगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही यामबहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको हो। महर्जनले इलाम नगरपालिका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसारको काम गर्नेछिन्। 

इलाम नगरपालिका पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले महर्जनसँग समितिले इलामको पर्यटन विकासमा सहकार्य गर्ने बताए। सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन सद्भावना दूतमा नियुक्त महर्जनलाई बधाई ज्ञापन गर्दै इलामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। 

पर्यटन

प्रकाशित: १३ फागुन २०७८ ०६:५१ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी