घोषणापत्रबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

घोषणापत्रबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक


सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। चैत ३० गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको जानकारी दिएको छ। 

बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि कांग्रेसले निर्देशनसमेत दिएको छ।

Logo