१० औं पटक सगरमाथामा पुगिन् लाक्पा शेर्पा

१० औं पटक सगरमाथामा पुगिन् लाक्पा शेर्पा


संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा बिहीबार बिहान १० औं पटक सगरमाथा चुचुरोमा पुगेकी छन् ।

लाक्पाले बिहीबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेको सेभेन समिट एडभेन्चर प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।उनले ०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी थिइिन् । 

‘लाक्पासहित चार शेर्पा र एक अमेरिकी आरोही ले सगरमाथाको चुचुरोमा पुगेका हुन् । १० औं पटकको सगरमाथा आरोहण पछि उनी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकै एक्लो महिला पनि बनेकी छन् ।

तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पा पछिल्ला वर्ष आफ्नै रेकर्ड ब्रेक गर्दै आइरहेकी छन् । २६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक उनले सगरमाथा आरोहण गरेकी लाक्पा हरेक वर्ष ‘विश्वभरका महिला पुरुष भन्दा कम छैनन्’ भन्ने नारा लिई आरोहणमा जाने गर्छिन् ।
 

Logo