आसार पहिलो साता पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने

आसार पहिलो साता पाँचौ ‘म्यांगो राइड २०२२’ आयोजना हुने


दि हिमालयन मोटरसाइकल एक्स्पेरियन्सले पाँचौ म्यांगो राइड २०२२ आयोजना गर्ने भएको छ । 

आन्तरिक पर्यटन पर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले राइडको अयोजना गर्न लागेको आयोजकले जनाएको छ । ४ दिनसम्म चल्ने राइडको प्रमुख आकर्षण सप्तरीको म्याङगो फार्म रहेको छ । उक्त वगैंचामा राइडरले आफूले सक्नेजति आँप खान र ल्याउन पाउनेछन् । आँपको मूख्य सिजन मानिने असार महिनाको शूरुवाती दिनमै अयोजना हुन गैरहेको यो राइडमा ५० बढी राइडर सहभागी हुने आयोजकले जनाएको छ।

काठमाडौंबाट शुरु हुने सो राइडको पहिलो गन्तव्य लाहनका लगाी निर्धारण गरिएको छ । उक्त गन्तव्यसम्म पुग्न राइडरले २६१ किलोमिटर यात्रा गर्नेछन् । दोस्रो दिन १४४ किलोमिटर यात्रा गरेर धनकुटाको नाम्जे पुग्ने र तेस्रो दिन नाम्जेदेखी सिन्धुलीगढीसम्मको २६१ किलोमिटर यात्रा तय गरिनेछ ।  राइडको अन्तिम दिन सिन्धुलीगढीबाट १४४ किलोमिटर यात्रा गर्दै राइडहरु काठमाडौं फर्किएर राइडको समापन गरिनेछ । 

Logo