इन्जिनियरिङ कलेजको शुल्क बढाउने निर्णय फिर्ता लिन सांसद पौडेलको माग

इन्जिनियरिङ कलेजको शुल्क बढाउने निर्णय फिर्ता लिन सांसद पौडेलको माग


नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभूवन विश्वविद्यालय अन्तर्गत ईन्जिनियरिङ कलेजको शुल्क बढाउने निर्णय फिर्ता लिन सरकारसंग माग गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले ईन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेर संचालन हुँदै आएको अध्ययन संस्थानमा मूल्य वृद्धि हुनु अस्वाभाविक भएको भन्दै तत्काल शुल्क वृद्धिको निर्णय फिर्ता गर्न माग गरे । 

उनले भने, ‘त्रिभूवन विश्वविद्यालय अन्तर्गत ईन्जिनियरीङ कलेज आन्दालित भएको छ । त्यहाँ झण्डै २ सय प्रतिशत शुल्क वृद्धि गरिएको छ । ईन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा संचालन हुँदै आएको अध्ययन संस्थानमा जुन ढङ्गबाट मूल्य वृद्धि भएको छ त्यो अस्वाभाविक छ ।  तत्काल शुल्क वृद्धिको निर्णय फिर्ता लिईयोस् ।’ 

सांसद पौडेलले त्रिभूवन विश्वविद्यालय अत्यन्तै भद्रगोल तरिकाले चलिरहेको त्यसलाई सुधार गर्न शिक्षा मन्त्रालयलाई आह्वान गरे ।  

Logo