निर्वाचनप्रति नै असन्तुष्ट छन् काठमाडौंका व्यापारी [भिडियोसहित]

निर्वाचनप्रति नै असन्तुष्ट छन् काठमाडौंका व्यापारी [भिडियोसहित]


मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदैछ । जसको असर व्यापारीहरुमा परेको छ । कोही व्यापारीहरु महंगी खेपिरहेका छन् भने कोही करको मारप्रति आपत्ति जनाइरहेका छन् । व्यापारीहरु निर्वाचनपछि बन्ने सरकारबाट पनि नयाँ केही हुन्छ भन्नेमा विश्वस्त छैनन् । उनीहरू भन्छन्, ‘जुनै सरकार आए पनि पहिले जस्तै नै हो केही परिवर्तन हुँदैन ।’

असन बजार व्यस्त बजार । व्यापारी र ग्राहक सबै आ-आफ्नै सुरमा हुनछन् । चुनाव बारे सबैको आ–आफ्नै बुझाइ छ । कोही चुनावले गर्दा व्यापार घटेको बताउँछन् त कोही चुनावले केही असर नगरेको बताउँछन् । आधा सतकदेखि व्यापार गर्दै आएका नारायण डंगोल चुनावले गर्दा सामानको भाउँ एकदमै महंगिएको गुनासो गर्छन् । उनी भन्छन्,‘ अहिले चुनावले गर्दा सामान धेरै नै महंगिएको छ । पहिले जतिमा आउँथ्यो, अहिले त्यतिमा आउन मुस्किल छ ।’

अर्का व्यापारी रोशन बाबू श्रेष्ठ पनि चुनावले गर्दा व्यापार नभएको बताउँछन् । उनी भन्छन्, ‘निर्वाचनको बेला व्यापारमा असर त गर्छ नै तर यसपालि निर्वाचन हुनुभन्दा अगाडी नै व्यापार हुन छाड्यो । सबैजना आ–आफ्नो क्षेत्रतिर लाग्छन् चुनावका लागि त्यति भएर व्यापार कम हुँदै गए । निर्वाचनभन्दा अगाडीनै व्यापार भएको थिएन तर निर्वाचनको असरले गदौ व्यापार झन् कम छ ।’ 

उनी थप्छन्, ‘नयाँ सरकारले विभिन्न आम्दानीका स्रोतको निर्माण गर्यो भने व्यापार बढ्छ तर त्यस्तो कुनै पनि सरकाले गरेको र गर्छ जस्तो लाग्दैन मलाई । सबैले म यो गर्छु, त्यो गर्छु भन्छ तर केही गर्दैन । जुनै सरकार आए पनि उस्तै हो । नेपाल कृषि प्रधान देश भए पनि आफूले उत्पादन गरेको कुरा सरकारले किन्दैन । बेच्नको लागि बजारमा आउनुपर्छ तर बजार भाउ नै पाउँदैन । त्यसैले सरकारले नै केही व्यवस्था गरिदियो भने व्यावसायी क्षेत्रमा सुधार हुँदै जान्छ ।’ 

उनीहरु जस्ता अरु व्यापारीहरुको पनि उस्तै छ समस्या । उनीहरु जुनै पार्टीले जे सुकै घोषणाहरु सार्वजनिक गरे पनि पूरा नगर्नेमा उनीहरु बिस्वस्त छन् । उनीहरु भन्छन्, अहिलेसम्म आएका सरकारले कतिले गरे होला केही काम त्यो आफ्नो ठाउँमा छ । तर, भनेजस्तो कसैले केही गर्दैन र नयाँ आउने सरकार पनि त्यहिँ हो ।’  

निर्वाचनपछि  सरकार परिवर्तन भए पनि व्यापारी क्षेत्रमा केही परिवर्तन तथा सुधार नहुने कुरा व्यापारीहरु बताउँछन् ।

Logo