निर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउने ? कसरी हुन्छ खर्च ?

निर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउने ? कसरी हुन्छ खर्च ?


निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हरेक उम्मेदवार तथा दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकिदिएको छ । 

उम्मेदवार वा दलले आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको हदभन्दा बढी नहुने गरी निर्वाचनमा खर्च गर्नु पर्ने हुन्छ । निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या,मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफलका आधारमा खर्चको अधिकतम सीमा तोकिएको आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनमा उम्मेदवारले के केमा खर्च गर्न पाउँछन र ? आयोगको निर्णयअनुसार विभिन्न आठवटा शीर्षकमा चुनावी खर्च गर्न पाइने छन् ।
-मतदाता नामावली खरिद
-प्रचारप्रसार सामग्री
-गोष्ठी तथा अन्तरक्रिया
-छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत)
-कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन
-सवारीसाधन
-ढुवानीर
-अन्य प्रचारप्रसार

प्रतिनिधिसभातर्फ कति ?
आयोगले प्रतिनिधिसभा निर्वाचनको हकमा अनुसूची९१० मा उल्लिखित पाँचवटा निर्वाचन क्षेत्रमा खर्च सीमा २५ लाख रुपैयाँ तोकेको छ। अनुसूची९२० मा उल्लिखित १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख र अनुसूची९३० का ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ खर्च गर्न पाइने छ। अनुसूची९४० का ५२ वटा क्षेत्रमा ३१ लाख र अनुसूची९५० का २६ वटा निर्वाचन क्षेत्रमा खर्च सीमा ३३ लाख रुपैयाँ आयोगले निर्धारण गरिदिएको छ । 

प्रदेशसभातर्फ कति ?
अनुसूची९१० मा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा १५ लाख, अनुसूची९२० का १४३ क्षेत्रमा १७ लाख र अनुसूची९३० का ५६ वटा क्षेत्रमा १९ लाख रुपैयाँ कायम गरिएको छ। आयोगका अनुसार अनुसूची९४० का २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख र अनुसूची९५० मा उल्लिखित ३२ वटा निर्वाचन क्षेत्रमा खर्चको सीमा २३ लाख रुपैयाँ कायम गरिएको छ।

समानुपातिकतर्फ के छ ? 
यो निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाको हकमा प्रत्येक राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवार सङ्ख्यानुसार प्रतिउम्मेदवार २ लाख रुपैयाँ खर्च गर्न पाउने छन्। प्रदेशसभाको हकमा सूचीकृत उम्मेदवार सङ्ख्यानुसार प्रतिउम्मेदवार १ लाख रुपैयाँ खर्च गर्न पाइने आयोगले व्यवस्था गरेको छ।

आयोगले तोकेकोभन्दा बढी खर्च ? 
सामान्तय चुनावमा दल तथा उम्मेदवारहरुले धेरै पैसा खर्च गर्ने गरेका हुन्छन् । निर्वाचन आयोगले तोकेको खर्च र उम्मेदवारहरुले गर्ने खर्चमा धेरै फरक पर्ने गर्छ । इतिहास हेर्ने हो भने पनि धेरै नेताहरुले भाषण गर्ने क्रममा निर्वाचन आयोगलाई बुझाउँने खर्च र चुनावमा भएको वास्तबिक खर्च फरक हुने बताएका थिए । यसै क्रममा माओवादी केन्द्रका अध्ययक्ष पुष्पाकमल दाहालले धेरै खर्च गर्न नसके र अनेक तिकडम गर्न नजाने चुनाव जित्नै गाह्रो हुने बताएका थिए ।कांग्रेस नेता शशांक कोइरालाले पनि अघिल्लो निर्वाचनमा ६ करोड खर्च गरेर जितेको बताएका थिए ।

निर्वाचनमा भाग लिने हरेक उम्मेदवार वा दलले पैसाको चलखेल गर्ने गरेका छन् । निर्वाचन आयोगले चुनावमा भाग लिएका उम्मेदवारले कति खर्च गर्ने तोकिदिएको छ तर उम्मेदवारले गर्ने चुनावी खर्चमा कुनै सीमा छैन । उम्मेदवारले चुनावमा जित निकाल्न सकेको खर्च गर्नु पर्छ भन्ने मानसिकता लिएका हुन्छन् ।

यसपालिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि आर्थिक चलखेल हुनेमा कुनै शंका छैन। प्रचारप्रसार सामग्रीमा भन्दा अन्य खर्च उनीहरूको बढी हुने गरेको छ । पार्टीको झण्डा, चुनाव चिह्न, टिसर्ट, क्याप, पमप्लेट, ब्यानर, तुललगातय छाप्न र बाँड्नमा धेरै खर्च हुने गरेको छ । प्रचारप्रसारमा जाँदा सवारी साधान तथा त्यसमा राख्ने तेलमा पनि निकै पैसा लागानी गरेका हुन्छन् । यती मात्र नभएर प्रचारमा हिडेका जनतालाई, पार्टीका कार्यकर्तालाई पैसा दिने गरेका हुन्छन् । पैसा दिन्छु भनेर नै आफ्नो क्षेत्रका मानिसलाई प्रचार प्रसार कार्यक्रममा बेलाउँने गर्छन उम्मेदवारहरु । साथै चुनावी भेलामा लागेको खाजा र खानामा पनि खर्च हुने गर्छ ।

चुनावमा पैसाको चलखेल ?
प्रचारप्रसारको समयमा निर्वाचनमा भाग लिने हरेक उम्मेदवारले आवश्यक खर्च बाहेक पनि आफ्नो जित सुनिक्षित गर्न धेरै खर्च गर्छन् ।मैनअवधि सुरु भएसँगै उम्मेदवारहरु मतदाताको घरघरमा गएरमतदाता रिझाउने गरेका छन् । यो क्रममा बढी रकमको चलखेल हुने गरेको यसअघिका प्रतिवेदनले देखाएका छन् । बिहानबेलुका खाना खान समस्या पर्ने एउटा ठूलो जमात यसबाट सधैं प्रभावित हुने गरेको छ । रकम हुनेहरु जनताको यस्तै कमजोरीलाई हतियार बनाएर चुनावमा जित हासिल गर्छन् । हरेक उम्मेदवारहरु गरिब र अशिक्षित मतदातालाई रकमको लोभ देखाउँछन् ।

जव चुनाव सकिन्छ त्यसपछि भने उनीहरु जनताको घरमा फर्केर जादैँनन् । पैसा दिएर आफूलाई नै भोट हाल्न बाध्य बनाउँने उम्मेदवार जनताको पिडालाई बुझेर काम गरेको भने पाइएको छैन् ।चुनावको बेला मात्र जनताको घर गएर केही पैसा दिएर विभिन्न आश्वसन देखाएर भोट माग्ने चलन नेपाली राजनीतिमा नोलो हैन । भोट माग्ने क्रममा मतदाताको हातमा पैसा राख्दिने चलन भने पछिल्लो समय ब्यापक छ । अर्थका जानकारहरू चुनावका समय क्यास रकमको प्रयोग अत्यधिक हुने बताउँदै लुकाइएका रकम बाहिर आउने विश्वास ब्यक्त गर्छन् । 

Logo