मधेस प्रदेशमा सत्तागठबन्धन र जसपा गठबन्धनमा को बलियो ?

मधेस प्रदेशमा सत्तागठबन्धन र जसपा गठबन्धनमा को बलियो ?


मधेश प्रदेशको निर्वाचनलाई चासोले हेरिएको छ । कारण हो : सत्तामै रहेको जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख प्रतिप्रक्षी दल नेकपा एमालेसँग गरेको गठबन्धन ।

जसले गर्दा मधेस प्रदेशमा दुई प्रमुख गठबन्धनबीचमा चर्को प्रतिस्पर्धा हुने भएको छ । सत्तागठबन्धनतर्फबाट नेपाली कांग्रेससँगको गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन् भने सत्तामै रहेको जनता समाजवादी पार्टी (जसपा) भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छ । जसले मधेश प्रदेशको चुनावी सरगर्मी झन बढाएको हो ।

स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर हेर्दा मात्रै पनि मधेस प्रदेशमा काँगे्रस पहिलो दल हो भने नेकपा एमाले दोस्रो दल हो । गत स्थानीय निर्वाचनमा कांग्रेसले ४६ वटा पालिकाको नेतृत्व जित्दा एमालेले ३० पालिकामा मात्रै जितेको थियो । त्यसैगरी तेस्रोदलजसपाले २५, लोसपाले १४, माओवादी केन्द्रले ९ र एकीकृत समाजवादीले ६ पालिकका जितेका थिए ।

यद्यपी संघ र प्रदेशसभाको निर्वाचनमा स्थानीय निर्वाचनको मतले खास महत्व भने राख्दैन् । तर पनि, यही आकँडालाई हेर्दा मधेसमा सत्ता गठबन्धन बलियो हुने देखिएको छ। मधेस प्रदेशका आठ वटाख  जिल्लाका ३२ निर्वाचन क्षेत्रमा दुई गठबन्धन दलका उम्मेदवारहरुमा स्थानीय निर्वाचनमा वडा तहमा कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धन ३२ मध्ये २६ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ भने एमाले नेतृत्वको गठबन्धन मात्र ६ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ। तर धेरैनिर्वाचन क्षेत्रमा दुई गठबन्धनबीच मतको अन्तर निक्कै कम छ। जसले गर्दा निर्वाचनलाई यकिन गर्न सक्ने अवस्था भने ठ्याक्कैं छैन् । 

स्थानीय तहकौ मतलाई आधार मान्दा सप्तरी क्षेत्र नम्बर २मा जसपा प्रमुख दल हो ।यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। जसपा सम्मिलित एमाले नेतृत्वको गठबन्धन यहाँ सत्ता गठबन्धनसँग झण्डै १३ हजार मतले पछाडी छ। जसले गर्दा यादवलाई चुनौती थपिएको छ । 

यसरी हेर्दा सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जसपालाई आफ्नै क्षेत्र मधेस प्रदेशमा चुनाव जित्न खासै सहयोग पुग्ने देखिन्न। बरु जसपासँगको तालमेलले एमालेलाई भने केही क्षेत्रमा फाइदा हुनसक्ने देखिएको छ ।सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ मत छ भने एमाले–जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मत मात्रै छ। यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट लोसपाका जयप्रकाश ठाकुरलाई टिकट दिइएको छ।

यही निर्वाचन क्षेत्रमा जनमत पार्टीका सिके राउत पनि मैदानमा छन्। स्थानीय तहको निर्वाचनमा राउतको पार्टीको गतिलो प्रभाव नभएपनि उनको व्यक्तिगत छविले निर्वाचनको नतिजामा प्रभाव पार्न सक्छ। स्थानीय तहको मतलाई आधार मान्दा मधेस प्रदेशका ३२ मध्ये ६ स्थानमा मात्रै अगाडि रहेको यो गठबन्धनमा जसपा ३ र एमाले ३ निर्वाचन क्षेत्रमा अगाडि देखिन्छ।जसपा सप्तरी १, बारा २ र पर्सा १ मा अगाडि छ भने एमाले सिराहा १, सिरहा ३ र पर्सा २ मा अगाडि छ।

सप्तरीका ४ मध्ये ३ क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। सप्तरी क्षेत्र नम्बर २, क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन अगाडि छ। यहाँ सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ मा लोसपाले र अरु दुई क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको छ। सिराहाका ४ क्षेत्रमा सत्ता गठबन्धन र जसपा–एमाले गठबन्धन ब्राबरी छन् । यसले गर्दा यहाँका चारै क्षेत्रमा गठबन्धबिचमा कडा प्रतिस्प्रर्धा हुने देखिन्छ ।सिराहा क्षेत्र नम्बर २ मा मात्रै सत्ता गठबन्धन १ हजार भन्दा धेरै मतले अगाडि छ।

सत्ता गठबन्धनको मत ३३ हजार ८ सय ९५ छ भने एमाले–जसपा गठबन्धनको मत ३२ हजार ३ सय ४८ छ। यो क्षेत्र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसलाई परेको छ भने एमाले–जसपाको तर्फबाट जसपाले पाएको छ। सिराहा १ र ३ मा एमाले जसपा गठबन्धन अगाडि छ । त्यस्तै सिराहा ४ मा ४ मतले मात्रै सत्ता गठबन्धन अगाडि छ। धनुषाका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। स्थानीय तहको मतलाई आधार मान्ने हो भने यहाँ थोरै अग्रता भएको क्षेत्रमा ७ हजार र धेरै अग्रता भएको क्षेत्रमा २२ हजार सम्मको रहेको छ। 

महोत्तरीका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। थोरै मतअन्तर भएको क्षेत्रमा ४ हजारदेखि धेरै अन्तर भएको क्षेत्रमा २८ हजारसम्म छ।
सर्लाही २ मा सत्ता गठबन्धनकै बीचमा मित्रवत प्रतिसपर्धा हुँदा समेत एमाले जसपा गठबन्धनलाई जित्न गाह्रो छ। रौतहटका चारै क्षेत्रमा सत्ता गठबन्धन अगाडि छ। रौतहट क्षेत्र नम्बर ३ मा भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुन सक्छ। किनभने साहले यही क्षेत्रबाट तीन वटा निर्वाचन जितिसकेका छन् ।

त्यसमा पनि एमाले–जसपा गठबन्धनसँग असन्तुष्ट बनेका साहले यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन ।यो क्षेत्रमा सत्ता गठबन्धको ४३ हजार ३ सय ५२ मत छ भने एमाले–जसपाको ३१ हजार २ सय १२ मत छ। बारामापनि प्रतिस्प्रर्धा कडा हुने देखिन्छ । एमाले–जसपा गठबन्धन सत्ता गठबन्धनभन्दा एक क्षेत्रमा मात्रै अगाडि छ।सत्ता गठबन्धनबाट यो क्षेत्र माओवादीलाई परेको छ भने एमाले–जसपाबाट जसपालाई परेको छ। बारा क्षेत्र नम्बर २ मा जसपा गठबन्धनको मत ४० हजार २ सय ४८ छ भने सत्ता गठबन्धनको ३९ हजार ६ सय ७९ मत छ। 

बारा क्षेत्र नम्बर ३ मा एमाले र जसपाले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्। दुवै दलले उम्मेदवारीसमेत दिएका छन। यसको फाइदा सत्ता गठबन्धनलाई हुन सक्छ। किनकी सत्ता गठबन्धनको मत ३१ हजार ४ सय ३ छ भने एमालेको २३ हजार ६ सय ५४ र जसपाको ११ हजार २ सय ७९ छ। तर यहिँ क्षेत्रमा एमाले र जसपाको यो क्षेत्रमा तालमेल भएको भए सत्ता गठबन्धन भन्दा बलियो हुन सक्थ्यो।

बारा ४ मा पनि सत्ता गठबन्धनकै मत धेरै छ। सत्ता गठबन्धनको मत ४५ हजार ७ सय ५९ छ भने एमाले–जसपा गठबन्धनको मत २६ हजार ८ सय ५८ छ। यो क्षेत्रबाट २०७४ मा निर्वाचित लोसपाका सांसद एकवाल मियाँ एमालेबाट उम्मेदवार बनेका छन् । यसले लोसपाको मत बाँडिने सम्भावनाधेरै छ । यो क्षेत्रमा लोसपाको मत १५ हजार ८० छ। पर्साका ४ क्षेत्रमा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धन बराबरी छन् । यहाँक्षेत्र नम्बर १ जसपा र २ एमालेको भागमा परेको छ।

Logo