मतदाता भन्छन्- ‘पार्टीभन्दा माथि उठी सक्षम उम्मेदवारलाई भोट दिऔं’ [भिडियो सहित हेर्नुहोस्]

मतदाता भन्छन्- ‘पार्टीभन्दा माथि उठी सक्षम उम्मेदवारलाई भोट दिऔं’ [भिडियो सहित हेर्नुहोस्]


मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै देशभर चुनावी माहोल बनेको छ । हरेक पार्टीका र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् । आफ्नो जीत निकाल्न फरक फरक तरिकाले मतदाताको घरदैलो समक्ष पुगेर भोट माग्ने कार्य गरिरहेका छन् । 

तर, यसपालिको निर्वाचनमा युवा मतदाता मात्र नभएर सबै उमेर समूहका जनताले पार्टीको मात्र पछि नलागेर राम्रो सक्षम व्यक्तिलाई भोट दिने बताएका छन् । चुनावमा हरेक उम्मेदवारको घोषणापत्रमा समेटिएका एजेण्डा हेरेर सो अनुसार उम्मेदवारहरुले काम गर्न सक्छन् कि सक्दैनन् सबै विश्लेषण गरेर मात्र भोट दिने मतदाताहरुको भनाइ छ । 

यसैक्रममा सप्तरीका छितिज थापाले स्वतन्त्र तथा दलका उम्मेदवारको एजेण्डा हेरेर काम त्यही अनुसार काम गर्न सक्ने उम्मेदवारलाई भोट दिनुपर्ने बताएका छन् । “हामी विश्लेषण गर्न सक्ने युवा भएको कारण पार्टीगत वा स्वतन्त्र नहेरी सक्षम व्यक्तिलाई भोट दिनुपर्छ,उनले भने ।हरेक चुनावमा उम्मेदवारहरुले घोषणापत्र निकाल्छन् । घोषणापत्रमा उल्लेख गरे अनुसार बेरोजगारको संख्या हटाउने,सडक नपुगेको ठाउँमा पुर्याउने, देशभर बिजुली पुर्याउने जस्ता आश्वासन देखाउछन् ।” तर त्यो अनुसार काम नभएको उनको भनाइ छ । घोषणापत्र अनुसार काम गर्न सक्ने ज्ञान भएको उम्मेदवारलाई रोज्न पर्ने उनको तर्क छ ।

यस्तै, कैलाली घर भएका मिलन विक पनि देशमा रोजगारी दिने र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताउँछन् । “हाल देशका सबै युवा युवतीहरु बैदेशिक रोजगारीमा पलायन हुनुभएको छ । हामीले चाहेको समृद्धि अनि विकास हो,” उनले भने, “आश्वासन देखाउनेलाई भन्दापनि फरक तरिकाले नयाँ काम गर्न सक्ने उम्मेदवारलाई भोट दिनुपर्छ । दलहरुको घोषणपत्र अनुसार काम नहुने भएकाले जति ठूलो कुरा गरेपनि त्यसमा सन्तुष्ट नभएको उनले बताए । अब नयाँ पुस्तालाई मौका दिनु पर्ने उनले बताएका छन् । नयाँ युवा केही गर्छु भनेर आउनु भएको छ । ल गर्नुुस न त भनेर साथ समर्थन गर्ने होे भने देश विकास हुन्छ भन्नेमा आशावादी छौँ ।”

यता, नेपालगञ्जका मनोज न्यौपानेले पनि स्वतन्त्र र युवा उम्मेदवारलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । उनी भन्छन्, “विगतदेखिनै देख्दै आएको हो दलहरुको घोषणापत्रमा ठूला ठूला कुरा मात्र हुन्छ तर चुनाव जितेपछि फिल्डमा काम भने हँुदैन। त्यसैले उनीहरुको घोषणापत्रमा त्यति ध्यान दिनुपर्छजस्तो लाग्दैन । उनी थप्छन्, काम गर्ने युवा तथा स्वतन्त्र उम्मेदवारलाईनै रोज्नुपर्छ । यस्तै,अब देशको नेतृत्व युवा वर्गले गर्यो भने राम्रो हुने उनी बताउँछन् ।”

झापा घर भएका महेन्द्र अधिकारीले घोषणपत्र भनेको त उनीहरुको चुनावी नारामात्र भएको बताए । उनले भने, “२०४६ सालदेखि धेरै नेताहरुको काम हेरियो र भाषण पनि सुनियो तर बोलेअनुसार विकासका कामहरु भएका छैनन् । अब देशलाई चाहिने भनेको युवानै हो । अहिले ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु देखिएका छन् ।सक्षम, स्वतन्त्र उम्मेदवारहरु अहिलेको जनचाहाना अनुसार देशैभर उठेदेखि देशको विकास हुनेछ ।”

लम्जुङ घर भएका छितिज रेग्मीले पनिदेशमा भएको समस्यालाई समाधान गर्नसक्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । उनले भनेका छन्, “युवाहरुलाई नेतृत्व दिएर पाका नेताहरु सलाहाकारमा बसेर सुझाव दिन ठिक हुन्छ। युवाहरु आउनुभएको छ स्वतन्त्रबाट केही गर्नुहुन्छ भन्ने आशा छ ।स्वतन्त्रबाट आएर काठमाडौंका मेयर बालेन शाहले पनि राम्रो काम गर्नु भएको छ । युवालाई सत्तामा राखेर पाका नेताहरु सल्लाहाकारमा बस्यो भने देशको विकास हुन्छ । ”

हेटौंडा घर भएकी पूर्णिमा कुमारी भट्टराईले पनि राम्रो काम गर्न सक्नेनयाँ युवालाई भोट दिनपर्ने तर्क राख्नु भएको छ । नयाँ तथा स्वतन्त्र उम्मेदवारहरुले पनि मौका पाउनुपर्छ । राम्रो विचार भएको र देश बनाउन पर्छभन्ने योजना भएको व्यक्तिले नेतृत्व गर्यो भने देश विकास हुने उनको भनाइ छ । 

यस्तै, काठमाडौंको मनमैजु घर भएकी बिनिता थापाले पनि नयाँपुस्ता तथा स्वतन्त्र उम्मेदवारले चुनाव जित्यो भने कुनै दबाब बिनास्वतन्त्र रुपमा देशको विकास हुने बताउँछिन् । 

यता उदयपुर घर भएका राहुल खानले पनि देशको विकास गर्ने र आफ्नो देशका युवाहरुलाई आफ्नै देशमा रोजगारी दिनसक्ने उम्मेदवारलाई मतदान गरेर जिताउन पर्ने उल्लेख गरेका छन् । उनी भन्छन्,“घोषणापत्र सबैले राम्रो निकाल्छन् । घोषणापत्रमा उल्लेख गरेको जस्तै व्यवहारमा ल्याउने कार्यान्वयन गर्न सक्नु नै राम्रो कुरा हो । अझै उनी थप्छन्, अहिले गाउँका नेताहरुले ठूला ठूला आश्वासन दिएर चुनाव जित्ने गरेका छन् । गाउँका सोझा जनताले आफुले भने अनुसार काम गर्छन भनेर भोट दिन्छन् । तर जितेपछि उनीहरु बोले अनुसार काम गरेर देखाउँदैनन् ।”

“गाउँका जनतासामाजिक सञ्जाल प्रयोग गर्ने बानी नभएको रनेताले झुट बोलेको छ की सत्यकुरा गरेको छ थाहा नै नभइ विश्वास गरेरमत दिने गर्छन्” उनले भने ।

केन्द्रविन्दुसँग कुरा गर्दै उनले भने, “जुन पार्टीले जितेपनि देशको औद्योगीकरण गर्नुपर्छ । हाम्रो देशमा आयात मात्र हुन्छ निर्यात गर्न सक्दैन् । त्यही भएर मंहगी बढिरहेको छ । मान्छेहरुले सोच्ने गर्छकी समयको साथ मंहगी बढ्ने गर्छ , तर त्यो हैन । कतिपय देशमा मंहगी बढ्दैन स्थिर नै रहन्छ । उनीहरुले आफ्नै देशमा उत्पादन गर्न सकेकाहुन्छन् । नेपाली जनताको यस्तो कन्सेप्ट भइसकेको छ कीसमय अनुसार मंहगी बढ्छ । तर आफ्नै देशमा उत्पादन भयोभने मूल्य वृद्धि स्थिर पनि रहन सक्छ । जुन पार्टीले जितेपनि राम्रो काम गरेर देशको विकास हुनुपर्छ ।”

Logo