जो पहिलो प्रयासमै सांसद बने ! [भिडियोसहित हेर्नुहोस्]

जो पहिलो प्रयासमै सांसद बने ! [भिडियोसहित हेर्नुहोस्]


मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सांसद बन्नेमा नयाँ अनुहारहरु पनि देखिएका छन् । यसअघि कहिल्यै राजनीतिमा नजोडिएका नयाँ अनुहारहरु पनि अहिले चुनाव जितेर सांसद बनेका छन् । २५ जना उम्मेदवार पहिलो प्रयासमै सांसद बन्न सफल भएका छन् । चुनावको मिति घोषणा भएसँगै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु पहिलो प्रयासमै सांसद बनेका छन् । काठमाडौंका ३ क्षेत्रमा रास्वपाका उम्मेदवारहरु पुरानालाई हराउँदै सांसद बनेका हुन् । 

प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीकी उपाध्यक्ष पनि हुन् । उनको प्रतिस्पर्धी एमालेका मणिराम फुयाललाई  पराजित गरी पहिलो प्रयासमै सांसद बनेकी सोविता गौतम नेपाल टेलिभिजनकी पूर्व कार्यक्रम प्रस्तोता समेत हुन् । यता, काठमाडौं क्षेत्र नं. ६ बाट पनि पहिलो प्रयासमै रास्वपाका उम्मेदवार शिशिर खनाल संसाद बनेका छन् । उनले नेपाली कांग्रेसका भीमसेन दास प्रधान र नेकपा एमालेका सवेन्द्र खनाललाई पराजित गर्दै सांसद बनेका हुन् । शिशिर खनाल शैक्षिक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका टिच फर नेपालका सहसंस्थापक समेत हुन् । यस्तै, काठमाडौं क्षेत्र नं. ७ मा पनि भर्खरैमात्र राजनीतिमा होमिएका रास्वपाका उम्मेदवार गणेश पराजुलीले हेभीवेट नेतालाई पराजित गर्दै पहिलो प्रयासमा नै सांसद बन्न सफल भएका छन् । 

यसैगरी, डा.तोसिमा कार्की पनि पहिलो प्रयासमै ललितपुर क्षेत्र नं. ३ बाट हेभीवेट नेता नेकपा एमालेका अमृत खड्का र सत्ता गठबन्धनकी उम्मेदवार उर्जा मन्त्री पम्फाभुसाललाई पराजित गरी सांसद बन्न सफल भएकी छन् । 

रास्वपाका सभापति रवि लामिछाने  यसअघि कुनै राजनीतिमा संलग्न थिएनन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रहेका लामिछाने पहिलो प्रयासमै चितवन–२ बाट चुनाव जितेर संसद प्रवेश गरे । यता चितवन २ बाट पनि हरि ढकाल पहिलो प्रयासमै सांसद भएका छन् । ढकालले एमाले नेता एंव पूवअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता एंव अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गरी पहिलो प्रयासमै सांसद बनेका छन् । 

मकवानपुर २ मा महेश कुमार बर्तौला पहिलो प्रयासमै सांसद भएका छन् । उनले २०४८, २०५१, २०५६ र २०७४ सालमा सोही क्षेत्रबाट चुनाव जित्दै आएका एकीकृत समाजवादीका उम्मेदवार पूर्वस्वस्थ्य मन्त्री विरोध खतिवडालाई हराउँदै सांसद भनेका हुन् । खतिवडा उनै महेश बर्तौलाका राजनीति गुरु समेत हुन् । 

सिन्धुपाल्चोक १ बाट माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा पहिलो प्रयासमै सांसद बनेका छन् । उनीले २०५१ सालबाट १३ वर्षको उमेरमा नै राजनीतिक यात्र सुरु गरेपनि संसदीय यात्रा भने यो पहिलो हो । 

इलाम १ मा महेश बस्नेतले चुनाव जितेका छन् । उनले पहिलो प्रयासमै शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै सांसदमा पुगेका छन् । उनीले २०७४ को स्थानीय निर्वाचनमा इलाम नगरपालिकाका मेयर भएर काम गर्दा जनताबीच राम्रो पकड बनाएका थिए । त्यही जनआधारमा बस्नेतले खनालको २०४८ सालको संसदीय निर्वाचनदेखी गर्दै आएको एकछत्र राजमा बे्रक लगाएका छन् । 

मोरङ ५ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल पहिलो प्रयासमै सांसदको यात्रा तय गर्न सफल भए । उनलाई पार्टीले नपत्याए पनि मतदाताले पत्याएका नेता हुन् । उनले उक्त क्षेत्रमा २४ वर्षदेखि समाजसेवा गर्दै आएका छन् । योगेन्द्र मण्डल नेकपा एमालेमा आबद्ध थिए । जीवन विकास समाजका संस्थापक सञ्चालक उनीले विपन्न परिवारको घर निर्माण गर्ने, रोजगारी दिने र विपन्न परिवारका सन्तानलाई गुणस्तरीय शिक्षा दिन विद्यालय स्थापना गरी न्यून शूल्कमा पढाई सञ्चालन गर्दै आएका छन् । यसका साथै कृषि, खानेपानी दुग्यजन्य वस्तु, स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यवसाय गरिरहेका उनले २ हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । 

सोलुखुम्बुबाट चुनाव जितेका एमालेको केन्द्रीय सदस्य मानबीर राई पहिलो प्रयासमै सांसद बन्न सफल भए । ७ पटक चुनाव जितेका कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको जीत यात्रालाई राईले ब्रेक लगाएका छन् । 

उदयपुर २ बाट एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै पहिलो पटकको चुनावी अनुभवमै संसद प्रवेश गरेका छन् । 

सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै पहिलो प्रयासमै सांसदको यात्रा तय गर्न सफल भए । उनले सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएर स्वतन्त्र मधेशको अभियान चलाएका थिए ।
सर्लाही–१ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामप्रकाश चौधरी पनि पहिलो प्रयासमै संसद प्रवेश गरेका छन् । उनले एमालेका बागी उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् । 

कास्की ३ मा दामोदर पौडेल वैरागी पहिलो पटक संसदयि चुनावमा होमिएका छन् ।  नेकपा एमालेका उम्मेदवार पौडेलले सत्ता गठबन्धनका उम्मेदवार रामजी प्रसाद बराल जीवनलाई हराउँदै संसदीय यात्रा तय गरे । उनी २०७४ सालमा कास्कीको अन्नपूर्ण गउँपालिका–५ मा वडासदस्यमा पराजित भएपनि संसदमा पहिलो प्रयासमै प्रवेश गरे । 

मुस्ताङबाट चुनाब जितेका कांग्रेसका उम्मेदवार सांसद बनेका छन् । उनले एमालेका उम्मेदवार आफ्नै मामा प्रेम तुलाचनलाई चुनावमा पराजित गदैँ पहिलो पटकमै संसद प्रवेश गरे । 

पाल्पा २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरे निर्वाचित भएका छन् । उनी २०४७ सालबाट राजनीतिमा क्रियाशील भएपनि संसदीय यात्रा उनको पहिलो हो ।

रुपन्देही ५ बाट चुनाव जितेका बासुदेव घिमिरे पनि सांसदमा फ्रेस अनुहार हुन् । उनी २०४८ सालबाट राजनीनि यात्रा सुरु गरेपनि सांसद बन्ने यो पहिलो प्रयास थियो । उनी पहिलो प्रयासमै सफल भई संसद प्रवेश गरेका छन् ।

प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्री पनि सांसद मा नयाँ अनुहार हुन् । उनले पहिलो प्रयासमै संसदीय यात्रा तय गर्न सफल भएका छन् । उनले केपी शर्मा ओली र झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए । 

बाँके १ बाट सुर्य प्रसाद ढकालले चुनाव जितेका छन् । उनले पहिलो प्रयासमै खेदकुद मन्त्री महेश्वर जंग गहतराजलाई फराकिलो मतान्तरले पराजित गरी सांसद बनेका हुन् । यस्तै, बाँके २ बाट पनि धवलशम्मशेर जंगबहादर राणा पहिलो प्रयासमै सांसद बनेका छन् । उनी २०७४ सालमा नेपालगन्ज उपमहानगरपालिकाको मेयर भएका थिए । उनी संसदमा नया अनुहार हुन् ।

बर्दिया २ बाट रेशम चौधरीका बुवा लालवीर चौधरी पनि पहिलो प्रयासमै सांसद बनेका छन् । उनी उक्त क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । जसले सत्ता गठबन्धनलाई पराजित गर्दै स्वतन्त्रबाटै सांसद बने । 

जुम्लाबाट निर्वाचित भएका राष्ट्रिया प्रजातन्त्र पार्टीका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) पनि पहिलो प्रयासमै सांसद बनेका छन् । बेथिति र भ्रष्टाचारबारे युट्युबमा टिप्पणी गर्ने उनी सामाजिक अभियान्ताका रुपमा परिचित छन् । उनले माओवादी केन्द्रकी गोमा गौतमलाई पराजित गरी संसद सिट पक्का गरेका हुन् । 

कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ पहिलो प्रयासमै संसदीय यात्रा तय गरेकी छन् । उनी राजनीतिमा प्रवेश गर्नुभन्दा पहिले पत्रकारितामा आवद्धा थिइन् । यस्तै, कैलाली ३ बाट पनि नागरिक उन्मुक्ति पार्टीकै गंगाराम चौधरीले जितेका छन् । उनी पनि पहिलो प्रयासमै संसद प्रवेश गनेका छन् ।

 

Logo