राष्ट्रपतिमा रामचन्द्र कि सुवासचन्द्र ? [भिडियाेसहित]

राष्ट्रपतिमा रामचन्द्र कि सुवासचन्द्र ? [भिडियाेसहित]


राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ । दुई पूर्वसभामुख रामचन्द्र पौडेल र सुवास नेम्वाङ चुनावी भिडन्तमा छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ दुबै संसदीय राजनीतिको पाका खेलाडी हुन् । 

राष्ट्रपति पदका लागि नेता रामचन्द्र पौडेल ८ दलीय गठबन्धनको साझा उम्मेदवार हुन् भने सुवासचन्द्र नेम्वाङ नेकपा एमालेका उम्मेदवार। 

नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसको सभापति बन्न पटक-पटक प्रयास गरेपनि सफल हुन नसकेका पात्र हुन् । उनी यसअघि संसदमा प्रधानमन्त्रीका लागि भएको मतदानमा पनि पटक पटक पराजित भएका थिए । निरङ्कुश राजतन्त्रविरुद्ध लड्ने क्रममा २०१९ देखि २०४६ सालसम्म पटक-पटक गरी १३ वर्ष राजनीतिक बन्दीका रुपमा कारागार बसेका नेता पौडेल ७८ वर्षका भए । नेता पौडेलले स्वतन्त्रता र प्रजातन्त्रबाट मात्र जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक दृष्टिकोण राख्नेृ गरेका छन् । जनताको जीवनस्तर उकास्न आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने उनको मान्यता छ ।

त्यसो त नेकपा एमालेका नेता सुवास नेम्वाङ पनि पार्टी अध्यक्ष बन्न अन्तिम अवस्थासम्म संघर्षरत रही उपाध्यक्ष बनेकानेता हुन् ।२०२८ सालदेखि राजनीतिमा क्रियाशील ७० वर्षीय नेता सुवास नेम्वाङ प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउँदै हालको अवस्थामा आएका हुन् । मानव अधिकारको क्षेत्रमा क्रियाशीलनेम्वाङ २०४३ सालमा नेपाल बार एशोसिएशनको महासचिव पनि बनेका थिए । संविधान जारी भएपश्चात राष्ट्रपतिबाट नागरिक तर्फको उच्च सम्मान राष्ट्र गौरव पदक प्राप्त गरेका नेम्बाङले नेपाल सरकारबाट संविधानसभा पदक पनि प्राप्त गरिसकेका छन् । 

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्को प्रतिनिधि सभामा २७३ र राष्ट्रिय सभामा ५९ गरी हाल ३३२ जना सांसद मतदाता छन्। यस्तै प्रदेश सभामा जम्मा ५५० जना सांसद छन्। यस पटकको राष्ट्रपतिको निर्वाचनमा १ हजार २१६ जना मतदाता छन्। संघ र प्रदेशका सांसद रहेको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्ने कानुनी व्यवस्था छ।

नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार पौडेलको पक्षमा ८ दलको मतभार ३१ हजार ७९० छ। संघीय संसदमा १५ हजार ३२६ र प्रदेशमा १६ हजार ४६४ गरी ३१ हजार ७९० मतभार पौडेलको पक्षमा रहेको बताइएको छ । त्यस्तै उम्मेदवार सुवास नेम्बाङ्को पक्षमा एमाले एक्लैको मतभार संघमा ७ हजार ५८४ र प्रदेशमा ७ हजार ७२८ गरी १५ हजार ३१२ छ। ८ दलीय गठबन्धन बाहिर रहेका दलको जम्मा मतभार भने २० हजार ८३८ छ। यसरी हेर्दा ८ दलीय गठबन्धन फागुन २५ सम्म नटुटे ३१ हजार ७९० मतभारका साथ पौडेल अगाडि हुने देखिएको । 

पुस १० गते बनेको एमाले-माओवादी गठबन्धन फागुन १२ गते टुटेपछि एमाले राष्ट्रपतिको निर्वाचनमा केही कमजोर देखिएको छ। प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमालेका उम्मेदवार सुवास नेम्वाङको विपक्षमा ८ दलीय गठबन्धन छ। कांग्रेसका उम्मेदवार पौडेललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्तिगरी ८ दलको समर्थन छ। ८ दलीय गठबन्धन बाहिर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायतले मुख खोली सकेका छैनन । तर उनीहरुको समर्थन एमालेका सुवास नेम्वाङलाई जाने सम्भावना भने छ । 

यतिखेर दुबै उम्मेदवार चुनावी प्रचारमा जोडतोडसँग लागिरहेका छन् । पौडेल समर्थक आठदलीय गठबन्धनचुनाव जित्नेमा ढुक्क देखिएको छ । यसैगरी चुनावी राजनीतिमा माहिर खेलाडी दलको रुपमा चिनिएको एमाले पनि चमत्कारपूर्ण नतिजा निकाल्न सकिनेमा आशावादी देखिएको छ । चुनाव जित्ने दुबैको दाबी रहेपनि गोप्य मतदानको नजिता थाहा पाउन भने फागुन २५ नै कुर्नुपर्नेछ ।

Logo