एक खेल जिते एकदिवसीय मान्यता, तीन खेल जिते विश्वकप छनोट [भिडियाेसहित हेर्नुहाेस्]

एक खेल जिते एकदिवसीय मान्यता, तीन खेल जिते विश्वकप छनोट [भिडियाेसहित हेर्नुहाेस्]


आइसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत नेपालले आइतबार हुने यूएईविरुद्धको खेल जित्न सकेमा एकदिवसीय मान्यतालाई जोगाइराख्न सफल हुनेछ । यसो भनिरहँदा अर्कोतर्फ भने यूएईको विश्वकप खेल्ने सपनामा तुसारापात भएको छ । 

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा पिएनजीसँग हार व्यहोरेसँगै यूएईको अंक तालिकाको शिर्ष तीनमा रहँदै विश्वकप खेल्ने सम्भावना समाप्त भएको हो । हारसँगै ३३ खेलबाट ३१ अंक जोडेको यूएई तालिकाको छैटौं स्थानमा छ । जुन तेस्रो स्थानको नामिवियाभन्दा आठ अंक पछि हो । तेस्रो स्थानको नामिवियाले ३६ खेलबाट ३९ अंक जोडेको छ । 

यूएईले अब बाँकी तीन खेलमै जित निकाले पनि ६ अंकमात्र हुने भएकाले उसको तेस्रो स्थानमा अटाउने सम्भावना सकिएको हो । यस्तै नेपाल भने एक दिवसीय मान्यताका लागि १ खेल र विश्वकप छनौटका लागि ३ खेल मात्र पछि रहेको छ ।

May be an image of 1 person, playing a sport and outdoorsआइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पिएनजीलाई ५२ रनले हराएसँगै नेपालको एकदिवसीय मान्यता यथावत हुने सम्भावना बलियो भएको छ । अब नेपालले बाँकी रहेका तीन खेलमध्ये एक खेल मात्रै जिते पनि एकदिवसीय मान्यता जोगिनेछ । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा बाँकी सबै तीन खेल जिते सोझै विश्वकप छनोटमा स्थान बनाउने छ । तर पीएनजीसँग लगातार चौथो खेलमा हार बेहोरेको यूएई नेपाललाई कुनै पनि हालतमा हराएर एक दिवसीय मान्यतालाई जोगाउने लक्ष्यका साथ सोमबार टीयु मैदानमा उत्रने सोचमा छ । 

यस्तै, नेपाल पनि विश्वकप छनोटमा सोझै छनोट हुनका लागि मैदानमा उत्रने पक्का छ । बिहीबार नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भएको थियो । जुन नेपालकाे लागि ओडीआई इतिहासकै सर्वाधिक ठूलाे लक्ष्य हाे । 

May be an image of 2 people, people standing and outdoorsनेपालका लागि उच्च फर्मका रहेका आशिफ सेखले आफ्नो करिअरको पहिलो र नेपालका लागि एक दिवसीय खेलमा शतक पूरा गर्ने पाँचौ खेलाडी बनेका छन् । एक दिवसीय क्रिकेटमा पिएनजीविरुद्ध नै २०२१ सेप्टेम्बर ७ मा डेब्यु गरेका आसिफले घरेलु मैदानमा पहिलो शतक पूरा गरेसँगै १ हजार रन पनि पूरा गरेका छन् । ३२ इनिङ खेल्दा आसिफले एक दिवसीय खेलमा ७ अर्धशतक बनाएका छन् । यसअघि रोहितकुमार पौडेल, पारस खड्का, दीपन्द्र सिंह ऐरी, कुशल भुर्तेलले शतक बनाएका थिए । जारी वर्ष आशिफ एक दिवसीयमा सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा अटाएका छन् ।

May be an image of 3 people, people playing sports, people standing and text that says 'Sec Second NEPAL CAN na GYANENDRA 22'यस्तै बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा कुशल मल्लले एक विकेट लिए । पिएनजीका तीन खेलाडी रन आउट हुन पुगेका थिए । पाँच महिनापछि जेलमुक्त भएका सन्दीप करिअरकै उत्कृष्ट लयमा रहेका छन् । सन्दीप पनि जारी वर्ष एक दिवसीय क्रिकेटमा २२ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।  

नेपाल, युएई र पिएनजीबीचको जारी सिरिज आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो । यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चारमध्ये पहिलो खेल जितेसँगै अब एक खेल मात्र जिते नेपालको लिग–२ बाटै एकदिवसीय मान्यता जोगाउनेछ । बाँकी तीनै खेलमा जित हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

सिरिजमा नेपालले अब फागुन २८ मा युएई, २९ मा पिएनजी र चैत २ मा पूनः युएईसँग खेल्दै लिग–२ को ४ वर्षे यात्रा टुङग्याउनेछ । आइसीसीको नियम अनुसार लिग–२ को शीर्ष तीन टोली सोझै विश्वकप छनोटमा पुग्नेछन् । यस्तै पुछारका चार टोलीले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । शीर्ष पाँच टोलीको एकदिवसीय मान्यता जोगिनेछ । 

यसअघि नै लिग–२ मा च्याम्पियन बनेको स्कटल्याण्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक रहेको छ । स्कटल्याण्ड र ओमान विश्वकपका लागि छनोट भइसकेका छन् । यस्तै तेस्रो स्थानमा रहेको नामिबियासँग ३६ खेलबाट ३९ अंक रहेको छ भने चौथो स्थानको अमेरिकासँग ३५ अंक मात्र छ । 

पाँचौ स्थानको नेपालसँग ३३ खेलबाट ३४ अंक रहेको छ । यस्तै पिएनजीसँग लगातार चौथो हार व्यहोरेको युएई ३३ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा समेटिएको छ । तालिकाको पुछारमा रहेको पिएनजीसँग भने ३४ खेलबाट ११ अंक मात्र रहेको छ । 

May be an image of 4 people, people standing, people playing sports and outdoorsअब विश्वकप छनोटमा स्थान बनाउनको लागि तेस्रो स्थानको नामिबिया र पाँचौँ स्थानको नेपालबीच प्रतिस्पर्धा हुनेछ । नेपाली टोलीको नतिजाले नै नामिबियाको विश्वकप छनोटमा सोझै स्थान बनाउने या नबनाउने भन्ने कुराको टुङ्गो लाग्नेछ ।

Logo