नेपाली महिला क्रिकेट टिमलाई पनि भारत र पाकिस्तानसँग खेल्ने अवसर [भिडियाे]

नेपाली महिला क्रिकेट टिमलाई पनि भारत र पाकिस्तानसँग खेल्ने अवसर [भिडियाे]


नेपाली महिला क्रिकेट टिमले अहिलेसम्मकै ठूलो प्रतियोगिता एसीसी वुमन्स टी २० इमर्जिङ एसिया कप खेल्ने भएको छ ।

थाइल्याण्डले भिसाका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि सोमबारदेखि आयोजना हुन लागेको उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर बताए । उनले भर्खरै मलेसियाबाट फर्किएको टोलीमा कुनै पनि फेरबदल नगरेर प्रतियोगिताका लागि पठाउने बताए । 

अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगिताका लागि नेपालले टिकटहरु आफैले काट्नुपर्ने भएकाले २५ देखि ३० लाखसम्म खर्च हुनसक्ने देखिन्छ । 

हालै मलेसियामा सम्पन्न टी २० सिरिजमा नेपाल ३–२ ले विजयी भएको थियो । एसीसी वुमन्स टी २० इमर्जिङ एसिया कप प्रतियोगितामा नेपालले घरेलु टोली हङकङ, पाकिस्तान र भारतसँग खेल्ने छ । पाकिस्तान र भारतले इमर्जिङ टिम्स एसिया कपमा आफ्नो ‘ए’ टोली पठाउने छन् । यस्तै, नेपालले आफ्नो पहिलो खेल १३ जुनमा पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । यसैगरी १५ जुनमा भारत र १७ जुनमा हङकङसँग खेल्ने छ ।  

अर्को समूहमा भने बंगलादेश, श्रीलंका, मलेसिया र युएई रहेका छन् । बंगलादेश र श्रीलंकाले भने ए टिम पठाउने छन् । दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  

Logo