1
0
Shares

भारत र पाकिस्तान‍लाई झुकाउन सफल ‘थ्री स्टार, जसले प्रतियोगिताभर गहिरो प्रभाव छाडे [भिडियाेसहित]

1
1
1

भारसँग १० विकेटको हारपछि नेपाली क्रिकेट टोलीका लागि एसियाकपको यात्रा टुङगिसकेको छ। २७ वर्षे क्रिकेट इतिहासमा नेपाली क्रिकेट टोलीले पहिलो पटक विश्व नंम्बर १ पाकिस्तान र भारतसँग भिड्ने मौका पाएको थियो। 

पहिलो उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनले नमज्जाले पराजित भएपछि श्रीलंकाको पल्लेकेले मैदानमा भारतविरुद्ध राम्रो ब्याटिङ गरेको नेपाली टोलीले बलिङमा भने कुनै प्रकारका चमत्कार देखाउन सकेन।

२७ वर्षे क्रिकेट इतिहासमा नेपाली क्रिकेट टोलीले पहिलो पटक विश्व नंम्बर १ पाकिस्तान र भारतसँग भिड्ने मौका पाएको थियो। 

नेपाल वर्षाले प्रभावित भएको खेलमा १० विकेटले हार्दै एसियाकपबाट बाहिरिन पुग्यो। अझ भनौँ नेपाली बलहरुले भारतीय ब्याट्म्यन रोहित शर्मा र शुभमन गिललाई आउट नै गर्न सकेन।
 
नेपालको एसियाकप यात्रा बिर्सन लायक भएतापनि पाकिस्तान र श्रीलंका भ्रमणका क्रममा केही नेपाली खेलाडीहरुले आफूमा भएको सम्भावनालाई देखाउने मौका पनि पाए जसमध्ये आज हामी नेपालका ३ सफल खेलाडीका बारेमा बताउनेछौँ।

१. सोमपाल कामीः एसियाकपको उद्दघाटन खेलमै पाकिस्तानविरुद्ध नेपालका लागि सर्वाधिक रन बनाउन सफल खेलाडी हुन् सोमपाल कामी। उनी फूल टाइम बलर हुन् तर नेपाललाई जहिल्यै-जहिल्यै रनको आवश्यकता पर्छ सोमपाल कामीले त्यो पूरा गर्ने गर्छन अर्थात उनले टोलीलाई आवश्यक रनको प्रबन्ध गरिदिन्छन्।

पाकिस्तानले दिएको ३४२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल पहिलो ओभरको दुई बलमा लगातार दुई चौकापछि अफ्रिदी हातबाट आउट हुन्छन्। 

पाकिस्तानले दिएको ३४२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल पहिलो ओभरको दुई बलमा लगातार दुई चौकापछि अफ्रिदी हातबाट आउट हुन्छन्। 

अफ्रिदीले सोही ओभरको अन्तिम दुई बलमा थप दुई विकेट लिएर नेपालको ब्याटिङलाई कमजोर बनाइदिन्छन्। लगातार विकेट ढलेपछि नेपाली खेलाडीहरू दवाबमा आएका थिए।

त्यसै बेला अर्का ओपनर आशिफ शेख पनि ५ रन बनाएर आउट हुन पुग्छन् त्यसपछि इनिङ सम्हाल्न आएका सोमपाल कामी र आरिफ शेख मिलेर ५९ रनको महत्त्वपूर्ण साझेदारी निभाउछन्। सोमपाल पाकिस्तानविरुद्ध ४ चौका सहित २८ रन बनाउन सफल भए।

ब्याटिङसँगै सोमपालले पाकिस्तानविरुद्ध बलिङमा पनि निकै राम्रो प्रदर्शन गरेका थिए। पाकिस्तानका लागि निरन्तर रन बनाइरहेका बाबर आजम र सादब खानलाई सोमपालले आउट गरेर पाकिस्तानको रनको गतीलाई कमी ल्याइदिए।

यसैगरी गएराती भारतविरुद्ध भएको खेलमा पनि सोमपालले आसिफ शेखपछि सर्वाधिक बढी अर्थात ४८ रन ल्याउन सफल भए। उनी हाफ् सेन्चुरी बनाउनबाट २ रनले मात्र चुके। बलिङतर्फ भने सोमपाल नेपालका सर्वाधिक रन खर्च गर्ने खेलाडी बने २ ओभर मात्र बलिङ गरेका उनले २३ रन खर्च गरे। 

२.आसिफ शेखः यसैगरी एसियाकपमा नेपालका लागि सर्वाधिक सफल खेलाडी आसिफ शेख बनेका छन्। नेपालका लागि पहिलो र एक मात्र अर्धशतक बनाउन सफल आसिफ शेख पाकिस्तानविरुद्ध भने पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। पाकिस्तानविरुद्ध आसिफ शेखले ५ रनमात्र बनाउन पाए।

नेपालका लागि पहिलो र एक मात्र अर्धशतक बनाउन सफल आसिफ शेख पाकिस्तानविरुद्ध भने पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

पाकिस्तानविरुद्ध सर्वाधिक ८ चौका र २ छक्का प्रहार गर्न सफल आसिफले दोस्रो ओभरको पहिलो बलमै जीवनदान पाएका थिए। निकै संयमित बनेर खेलका उनले ८८ बलमा अर्धशतक बनाएका हुन्। यो उनको १०औँ एकदिवसीय अर्धशतक हो।

३.कुशल भुर्तेलः यसैगरी एसियाकपमा नेपालका लागि सर्वाधिक सफल तेस्रो खेलाडी कुशल भुर्तेल हुन्। कुशलले पनि पहिलो खेलमा पाकिस्तानविरुद्ध खासै राम्रो खेल्न नसकेपनि दोस्रो खेलमा भारतविरुद्ध भने आसिफ शेख, सोमपाल कामीपछि सर्वाधिक रन बनाउन सफल बने। कुशलले पाकिस्तानविरुद्ध ८ रन मात्र बनाउन सके। 

योसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले पनि एक हजार रन पूरा गरिसकेका छन्।

भारतविरुद्ध आसिफ शेखपछि दोस्रो जिवनदान पाउने खेलाडी हुन् कुशल। कुशलले ४.२ ओभरमा पहिलो र टोलीका लागि दोस्रो जीवनदान पाएका थिए। भारतविरुद्ध नेपालका लागि कुशल भुर्तेलले ५.३ ओभरमा पहिलो छक्का प्रहार गर्न सफल भए। 

योसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले पनि एक हजार रन पूरा गरिसकेका छन्।

कुशलले ४६औँ खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन्। उनले ओडीआईमा एक शतक र ६ अर्धशतक प्रहार समेत गरिसकेका छन्।

केन्द्रविन्दु टिभी

प्रकाशित: २० भदौ २०८० ०७:२० बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी