1
0
Shares

बालेनको शहरमा फोहोरले पुनः चुनाैती दिँदै, के भन्छ महानगर ? [भिडियाेसहित]

1
1
1

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः एकपटक चुनौती देखिने भएको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै असोज १ गतेदेखि फोहोर फाल्न नदिने चेतावनी दिएसँगै चुनौती देखिएको हो।

ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रलाई अधिग्रहण गरेर मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्ने, अस्पताल जन्य, विषादीजन्य र औद्योगिक फोहोर मैला फाल्न नपाइने लगायतका माग स्थानीय वासिन्दाको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट वरपरका बासिन्दाले सहमति अनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै असोज १ गतेदेखि फोहोर फाल्न नदिने चेतावनी दिएसँगै चुनौती देखिएको हो।

ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाले फोहोर फाल्न नदिएर आन्दोलन गरेपछि गत वर्ष २०७९ को भदौ १ गतेपनि शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले स्थानीय बासिन्दासँग ४ बुँदे सहमति गरेका थिए।

तर १७५औँ पटक गरिएको सो सहमति अनुसार पनिकाम नभएको भन्दै स्थानीयले विरोध गरेका हुन्। स्थानीयले विरोध गरेसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आगामी असोज १ गते देखि चोक-चोकमा थुप्रने त होइन भन्ने चिन्ता आमनागरिकमा बढेको छ।

तर काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने फोहोर व्यवस्थापनमा कुनै समस्या नदेखिने बताँउछन्। फोहोर व्यवस्थापनका लागि महानगर छलफल र तत्काल सम्बोधन गर्न सकिने मागको सुनुवाइमा लागि परेको उनको भनाइ छ। 

स्थानीयले विरोध गरेसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आगामी असोज १ गते देखि चोक-चोकमा थुप्रने त होइन भन्ने चिन्ता आमनागरिकमा बढेको छ।

उनी भन्छन् “महानगरले ल्याण्डफिल साइटका बासिन्दाको माग सम्बोधनका लागि आवश्यक कदम चालिरहेको छ,दुईचार दिनका लागि केही कुरामा असहमति भएपनि,सहमति गरेर अगाडी बढ्छौँ।

प्रवक्ता मानन्धर भन्छन् फोहोर सम्बन्धी ऐनका कारणपनि फोहोर रोक्न पाइदैन,” साथै फोहोर व्यवस्थापनमा महानगरको तर्फबाट कुनै समस्या छैन, सरकारी पक्षबाट सहमति अनुसार काम नहुँदा समस्या देखिएको हो।

यसरी पटक-पटक फोहोर व्यवस्थापनमा देखिएको चुनौतीलाई वातावरणविद् भूषण तुलाधर भने महानगर र संघीय सरकारको कमजोरीको रुपमा लिन्छन्। वातावरण र जनस्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने फोहोर व्यवस्थापनमा झारो टार्ने काम मात्र गर्न नहुने उनको भनाई छ।

उनी भन्छन् “ल्याण्डफिल साइट महङ्गो र वातावरणीय दृष्टिकोणले उपयुक्त नभएकाले अन्तिम विकल्प हुनुपर्ने तर हाम्रोमा फोहोर व्यवस्थापनको पहिलो रोजाइ नै ल्याण्डफिल साइट भएकाले समस्या देखिएको हो, ल्याण्डफिल साइटमा पुग्ने फोहोर ५ देखि २० प्रतिशतमात्र हुनुपर्छ।”

फोहोर व्यवस्थापनमा देखिएको समस्याको दीर्घकालीन समाधान गर्न महानगरपालिकाले लिएको कुहिने/नकुहिने फोहोर छुट्याउने नीति कार्यान्वयन गर्न आवश्यक रहेको वातावरणविद् तुलाधर बताउँछन्।

फोहोरलाई फाल्ने भन्दा पनि पाल्ने वस्तुको रुपमा लिई, पुनः प्रयोगका लागि योग्य बनाउन सरकार र महानगरले निजि क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको उनको भनाइ छ। 

फोहोरका कारण जनस्वास्थ्य र वातावरणमा तत्कालीन तथा दीर्घकालीन असर पर्ने भएकाले पनि व्यवस्थापनमा विशेष ध्यानदिनुपर्ने वातावरणविद् तुलाधरको सुझाव छ। 

फोहोरका कारण जनस्वास्थ्य र वातावरणमा तत्कालीन तथा दीर्घकालीन असर पर्ने भएकाले पनि व्यवस्थापनमा विशेष ध्यानदिनुपर्ने वातावरणविद् तुलाधरको सुझाव छ। 

फोहोरको उचित  व्यवस्थापन नहुँदा जनस्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर परिरहेको हुन्छ। यति मात्रै होइन देशकै चर्चित र विकसित महानगरपालिकामध्ये एक काठमाडौँ महानगरपालिकामा पटक-पटक देखिएको फोहोर व्यवस्थापनको चुनौतीले राम्रो सन्देश दिँदैन। यसकारण सम्बन्धित निकायले यथाशिघ्र फोहोर व्यवस्थापनको लागि दीर्घकालीन र भरपर्दाे निति लिन आवश्यक छ। 

केन्द्रविन्दु टिभी

प्रकाशित: २५ भदौ २०८० ०७:३० सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी