1
0
Shares

राजनीतिमा ‘सुवास’ छरेर अस्ताएका नेम्वाङकाे जीवनका यी २५ तथ्य [भिडियाेसहित]

1
1
1

नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ।

विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मेका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व थिए। उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा एमालेको उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाले।

इलाम नगरपालिका-७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आएका थिए। प्राध्यापन, वकालत र राजनीतिलाई पनि उनले सँगसँगै अघि बढाएका थिए। उनको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै थिए। 

२५ बुँदामा नेम्वाङको राजनीतिक जिवन यात्रा

-जन्मः २००९ साल फागुन २८, सुन्तलाबारी, इलाम (माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङ)
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय २०२९ सालमा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको अनेरास्ववियुबाट स्ववियु सभापति।

उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त भएको छ।

-तत्कालीन नेकपा मालेमा संगठित हुँदै २०३३ सालमा राजकाज मुद्दामा जेलजीवन।

-२०३४ सालदेखि नेपाल ल क्याम्पसमा प्राध्यापन गरे । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए  ।

-कानूनमा स्नातक (बिएल) पूरा गरी लामोसमय कानून व्यवसायमा संलग्न । उनी नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त भएको छ ।

-कार्यपालिका र व्यवस्थापिकाको शक्ति–प्रभाव न्यायालयमा सेट गर्ने पात्रमा उनी सबैभन्दा अगाडि देखिन्थे । आफ्नो ल फर्ममा काम गर्ने करिब एक दर्जनलाई उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीशमा पुर्‍याए ।

-२०४७ सालमा नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकतापछि बनेको नेकपा एमालेको २०५४ सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा क्रियाशील रहे ।

-२०४८ मा पुनरावेदन अदालतबाट न्यायालयमा छिरेका उपाध्याय ०६७ मा सर्वोच्चको न्यायाधीश बन्न सफल भएका थिए, जतिखेर नेम्बाङ संविधानसभाको अध्यक्षमा आसीन थिए ।

-२०४८ र २०५२ सालमा २ पटक राष्ट्रिय सभा सदस्य ।

-विसं २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री । सामान्य प्रशासन र स्थानीय विकासमन्त्री पनि बने।

-२०५६ सालदेखि निरन्तर इलामबाट पाँच पटक संसदीय चुनाव विजयी भए । कुनै पनि निर्वाचनमा पराजित भएनन् । 

-विसं २०५६ मा संसद्को लेखा समितिको सभापतिमा निर्वाचित भए । भूमिका कुशलताका साथ पूरा गरे । 

-सभामुखका रूपमा पहिलो कार्यकाल २०६३ वैशाखदेखि २०६३ को माघसम्म ।

-सभामुखका रूपमा दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ साल जेठसम्म ।

-२०६४ र २०७० को संविधानसभा निर्वाचनमा विजयी बनेर २ पटक संविधानसभा अध्यक्षको जिम्मेवारी बहन गरे ।

-सभामुखको भूमिकामा रहेका नेम्वाङकै नेतृत्वमा नेपाली राजनीतिको भनिने गरेको म्याग्नाकार्टा घोषणा भयो । अर्थात, ४ जेठ २०६३ मा संसदबाट राजा ज्ञानेन्द्र शाहलाई निलम्बन गर्ने गरी महत्वपूर्ण राजनीतिक घोषणा भएको थियो । त्यसदिनको घोषणामा राजालाई निलम्बन गर्नेदेखि धर्मनिरपेक्षताको घोषणा, संघीयताको पनि विषय समेटिएको थियो ।

-एमाले राजनीतिबाट करिब ९ वर्ष टाढा देखिएका नेम्वाङ संविधानसभा अध्यक्षबाट राजीनामा दिएसँगै एमाले राजनीतिमा फर्किए ।

संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा नेपालमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको त्यसको अध्यक्ष नेम्वाङ भएकोले उनलाई बाँचुञ्जेल संविधानसभा अध्यक्ष भन्ने निर्णय भएको थियो । 

-संविधान जारी गर्न राष्ट्रपति रामवरण यादवले आनाकानी गरेका बेलामा नेम्वाङ नै सम्झाउन शीतलनिवास पुगेका थिए । नेम्वाङको भूमिकाकै कारण यादव संविधासभा भवनमा आएर ३ असोजमा संविधान जारी गरेको चर्चा गरिन्छ। संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा नेपालमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको त्यसको अध्यक्ष नेम्वाङ भएकोले उनलाई बाँचुञ्जेल संविधानसभा अध्यक्ष भन्ने निर्णय भएको थियो । 

-२०७४ को संसदीय निर्वाचनमा गठबन्धनबाट र २०७९ सालमा प्रतिनिधिसभामा विजयी भए ।

-२०७१ सालमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनदेखि स्थायी कमिटी सदस्य बने।

-२०७८ साल मंसिरमा चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनमा उपाध्यक्षको जिम्मेवारीमा रहे ।

-एमालेका संसदीय दलका उपनेता पनि रहेका नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्थ्यो।

-गत पुस १० मा राष्ट्रपतिमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवारी दिए । तर, नेपाली कांग्रेससहितको सत्तारूढ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भए ।

-२०८० भदौ २६ गते (राति साढे १ बजे) निधन । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। 

केन्द्रविन्दु टिभी

प्रकाशित: २८ भदौ २०८० ०९:४९ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी