मेयर बालेन शाहले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने भएको छ। महानगरका मेयर बालेन्द्र शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।
खड्का नेपाली क्रिकेटको पूर्व खेलाडी भएका कारण उनलाई नेपाली क्रिकेटको सबैजसो समस्या र समाधानहरु थाहा भएको कारण मेयर शाहले विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने र प्रशिक्षकहरु राख्ने निर्णयमा पुगेको स्पष्ट देखिन्छ।
सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौँबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताए।
त्यस्तै शाहले कुशल प्रशिक्षकहरुको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौँ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए।
जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले जनाएका छन्।
शाहले कुशल प्रशिक्षकहरुको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौँ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए।
नेपाली क्रिकेटका पूर्व कप्तान तथा बागमती क्रिकेट संघमा अध्यक्ष पारस खड्का विजयी भएको मौका छोपेर मेयर शाहले यस्तो कदम चालेका हुन्।
खड्का नेपाली क्रिकेटको पूर्व खेलाडी भएका कारण उनलाई नेपाली क्रिकेटको सबैजसो समस्या र समाधानहरु थाहा भएको कारण मेयर शाहले विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने र प्रशिक्षकहरु राख्ने निर्णयमा पुगेको स्पष्ट देखिन्छ।
केही समय अघिमात्र एसियाकप अन्तर्गत भारत र पाकिस्तान विरुद्धको खेलमा नेपाली क्रिकेट टोलीलाई समर्थन गर्न श्रीलंका र पाकिस्तान पुगेका मेयर शाहले सरकारले जग्गा उपलब्ध गराए क्रिकेट स्टेडियम बनाउने बताएका थिए।
उनले नेपाल-भारत बीचको खेलपछि श्रीलंकाको स्तरको रंगशाला आफैँले ८०-९० करोडमा बनाउने बताएका थिए। तर त्यसका लागि उनले नेपाल सरकारबाट जग्गा उपलब्ध भए काठमाडौं महानगरपालिकाले तुरुन्त रंगशाला बनाउने जनाएका थिए।
यसैगरी पूर्व कप्तान तथा नेपाली क्रिकेट जगतका सर्वाधिक सफल खेलाडी पारस खड्काले पनि स्टाटस राख्दै हाम्रो अठोट र यसै अन्तर्गतको पहिलो प्रयास भन्दै काठमाडाैँ जिल्लाका ५० विद्यालयस्तरका क्रिकेट प्रशिक्षकलाई तालिम दिई सहर भरका इच्छुक क्रिकेट खेलाडीलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गरी एक कोशेढुंगा बन्न सक्ने विश्वास गरेका छौं भन्दै स्टाटस राखेका छन्।
उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय उपलब्धि हासिल गर्दै गर्दा ग्रासरुट क्रिकेट स्तरमा क्रिकेट प्रशिक्षक तथा प्रशिक्षार्थीको अनुपात निकै न्युन रहेको बताउँदै यस समस्यालाई सम्बोधन गर्न, बागमती प्रादेशिक क्रिकेट संघ तथा काठमाण्डौ महानगरपालिकाको सहकार्यमा काठमाडौँ क्रिकेट प्रशिक्षक विकास कार्यक्रमको आयोजना गरेको बताएका छन्।
केही समय अघिमात्र एसियाकप अन्तर्गत भारत र पाकिस्तान विरुद्धको खेलमा नेपाली क्रिकेट टोलीलाई समर्थन गर्न श्रीलंका र पाकिस्तान पुगेका मेयर शाहले सरकारले जग्गा उपलब्ध गराए क्रिकेट स्टेडियम बनाउने बताएका थिए।
साथै उनले यस कार्यक्रम पश्चात् ग्रासरुट स्तरदेखि सम्भावना बोकेका क्रिकेट खेलाडीहरुको संख्या बढाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लागि तल्लो स्तरबाटै क्षमता अभिवृद्धि गर्ने विश्वास गरेका छन्।
यसका लागि काठमाडाैँ महानगरपालिकाले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा काठमाडाैँ महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समेत गरेको जानकारी दिएका छन्।
केन्द्रविन्दु टिभीप्रकाशित: ३० भदौ २०८० ०७:१४ शनिबार