फुटबलको सर्वोच्च संस्था फिफाले प्रदान गर्ने ‘फिफा बेस्ट’अवार्डका लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ।
अर्जेन्टिनालाई विश्वविजेता बनाउन सबैभन्दा महत्वपूर्ण भुमिका निभाएका अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज फिफा बेष्टको मनोनयनमा अटाएका छैनन्।
फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी समावेश छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि अवार्डको दाबेदारको रुपमा उभिएका छन्।
क्रिस्टियानो रोनाल्डो भने यो वर्षको मनोनयनमा छनौट नै भएनन्। अर्जेन्टिनाबाट मेसी सहित जुलियन अल्भारेज,फ्रान्सबाट केलियन एमबापे,पोर्चुगलबाट बर्नान्डो सिल्भा,नाइजेरियबाट भिक्टोर ओसिमेन, क्रोएसियाबाट मार्सेलो ब्रोजोभिच,जर्मनीबाट इल्के गुन्डोगान,स्पेनबाट रोड्री लगायत खेलाडी परेका छन्।
पुरुषतर्फ १२ खेलाडीको मनोनयन सार्वजनिक भएको छ। जसमा मेसी सहित पिएसजीका केलिएन एमबापे र सिटीका एर्लिङ हालान्ड मुख्य दाबेदार छन्।
यसबाहेक सिटीका युलियन अल्भारेज, रोड्री, बर्नार्डो शिल्भा, केभिन डिब्रुएन छन्। गत सिजन सिटीमा ट्रेबल जितेर यस सिजन बार्सिलोना पुगेका ईल्के गुन्डोगान पनि मनोनयनमा छनौट भएका छन्।
यस्तै आर्सनलका डेक्लान राई, नापोलीका भिक्टोर ओसिमहेन र केभिचा केभारात्खेलिया तथा अल नासेरका मार्सेलो ब्रोजोभिच छन्।यसैगरी महिलातर्फ विश्वकप विजेता स्पेनका कप्तान आईतना बोनमाटीसहित १६ खेलाडी मनोनयनमा छन्।
उत्कृष्ट पुरुष प्रशिक्षकतर्फ सिटीकै पेप ग्वार्डिओला, ईन्टर मिलानका सिमोन ईन्जाघी, टोटनहमका एन्ज पोस्टेग्लु, ईटलीका लुसियानो स्पालेट्टी र बार्सिलोनाका जाभी परेका छन्, भने अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व विजेता बनाउन सबैभन्दा मुख्य भुमिका निभाएका प्रशिक्षक लियोनल स्कालोनी भने लिष्टमै अटाएनन्।
यस्तै महिलातर्फ उत्कृष्ट प्रशिक्षकमा पीटर गेर्हार्डसन, जोनाथन गिराल्डेज, टोनी गुस्ताभसन, एमा हायस, र सरिना विगम्यान लिष्टमा छानिएका छन्।
फिफाको उत्कृष्ट गोलकिपरमा मोरक्कोलाई पहिलोपटक विश्वकपको सेमिफाइनल पुर्याउन मुख्य भुमिका निभाएका गोलकिपर यासिन बोने, बेल्जियन गोलकिपर थिबाउट कोर्टुवा, ब्राजिलियन गोलकिपर एन्डरसन क्यामरुनका गोलकिपर एन्ड्रयू ओनाना र जर्मन गोलकिपर मार्क एन्ड्रे टेर स्टेगेन मनोनयमा परेका छन्।
अर्जेन्टिनाबाट मेसी सहित जुलियन अल्भारेज,फ्रान्सबाट केलियन एमबापे,पोर्चुगलबाट बर्नान्डो सिल्भा,नाइजेरियबाट भिक्टोर ओसिमेन, क्रोएसियाबाट मार्सेलो ब्रोजोभिच,जर्मनीबाट इल्के गुन्डोगान,स्पेनबाट रोड्री लगायत खेलाडी परेका छन्।
तर, अर्जेन्टिनालाई विश्वविजेता बनाउन सबैभन्दा महत्वपूर्ण भुमिका निभाएका अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज फिफा बेष्टको मनोनयनमा अटाएका छैनन्। मार्टिनेजले नै फ्रान्सका खेलाडीलाई पेनाल्टीमा विट गर्दै अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए।
केन्द्रविन्दु टिभीप्रकाशित: ३० भदौ २०८० ०७:४६ शनिबार