असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असोज १ गतेदेखि लागू हुनेगरि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका हुन्।
संचालनमा रहेकामध्ये हिमालयन, एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंकले असोजमा बढी ब्याज दिने भएका छन्।
हालसम्म १७ वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ। कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
संचालनमा रहेकामध्ये हिमालयन, एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंकले असोजमा बढी ब्याज दिने भएका छन्।
हिमालयन बैंकले असोजका लागि सबैभन्दा बढी १.०६४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। असोजमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ।
असोज महिनाका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् ।
भदौको तुलनामा एभरेष्ट बैंकले पनि १.०५४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। असोजका लागि बैंकले व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याज दिने भएको हो।
असोज महिनाका लागि प्राइम बैंकले कमर्सियल बैंकले ०.८५८ प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.३५८ प्रतिशत र व्यक्तिगततर्फ ९.३५८ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो।
यता, नबिल बैंकले पनि भदौको तुलनामा ०.५६४ प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज दिने भएको हो ।
यस्तै, नेपाल एसबिआईले पनि भदौ महिनाको तुलनामा ०.०१ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। भने स्ट्याण्डर्ड चार्टर्ड बैंक मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२९ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।
असोज महिनाका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो।
भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।
यस्तै, सिटिजन बैंकले पनि असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। जुन, भदौ महिनको तुलनामा ०.८४६ प्रतिशतले घटेको हो ।
यस्तै, कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत र लक्ष्मी सनराइजले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।
यता, ग्लोबल आइएमई बैंकले ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो ।
असोजमा प्रभुले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ।
प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् अर्थात् यी ४ बैंकहरुले ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
असोजमा प्रभुले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ। त्यस्तै, एनएमबीले व्यक्तिगततर्फ ९.९९ प्रशित र संस्थागततर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन्।
प्रकाशित: २ असोज २०८० ०७:३२ मंगलबार