1
1
1
1
1
31.5k
Shares

च्याम्पियन बन्ने नेपालको सपनामा ओमान कसरी बन्यो तगारो ? यी हुन् ४ कारण [ भिडियाेसहित]

1
1
1
1
1
1
1
1

टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको रोमाञ्चक फाइनल खेलमा नेपाललाई ‘सुपर ओभर’ मा हराउँदै ओमानले उपाधि जितेको हो। 

करण केसी गुल्सन झा र सन्दीप लामिछाने जस्ता खेलाडीहरु ओमानी बलिङ सामु निरिह बन्नु नै हार्नुको मुख्य कारणमध्ये एक हो भन्दा फरक नपर्ला।  

फाइनलमा टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाएपछि खेल ‘सुपर ओभर’ मा गएको थियो।

त्यसपछि ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको ओमानले कुनै पनि विकेट नगुमाई २१ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ‘सुपर ओभर’ मा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो। आजको खेलमा नेपाल हार्नुको मुख्य कारण के?

ओमानसँग कहाँ चुक्यो नेपाल ?

१. सुपर ओभरको अनुभवको कमीः 

नेपालले टि-२० आईमा पहिलो पटक सुपर ओभर खेलेको छ। आइसिसी टि-२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको हो। 

पहिलो पटक सुपर ओभर खेलिरहेको नेपालले अभिनाश बोहोरालाई बलिङ गर्न दिनु नै पहिलो गल्ती भएको थियो। त्यही निणर्य नै नेपाली टोलीको हारको कारण बन्न पुग्यो। अविनाशमा अनुभवको कमी देखियो। तनावपूर्ण अवस्थामा बलिङ गर्न आएका उनले अधिकांश बल ‘फुल टस’ फालेका थिए। त्यसमाथि उनले एउटा ‘वाइड बल’ पनि फालेका थिए। 

अविनोषको पहिलो बलमा ओमानका ब्याट्सम्यान अकिब इलियसले एक रन लिए। दोस्रो बलमा नसिम खुसीले छक्का प्रहार गरे। तेस्रो बलमा नसिम खुसीले रन लिन सकेनन्। चौथो बलमा नसिम खुसीले फेरि छक्का प्रहार गरे।

पहिलो पटक सुपर ओभर खेलिरहेको नेपालले अभिनाश बोहोरालाई बलिङ गर्न दिनु नै पहिलो गल्ती भएको थियो। त्यही निणर्य नै नेपाली टोलीको हारको कारण बन्न पुग्यो।

पाँचौँ बल अविनाषले ‘वाइड’ फालेका थिए। त्यसलगत्तै अर्को बलमा नसिम खुसीले पुनः छक्का प्रहार गरेका थिए। अविनोषले ‘सुपर ओभर’ मा २१ रन खर्चिएका थिए। सुपर ओभर जित्नको लागि नेपाललाई २२ रन चाहिँएको थियो।

तर ओमानका बिलाल खानले १० रन मात्र खर्चेर जित दिलाएका थिए। अझ महत्वपूर्ण कुरा त खेलमा कुनै खेलाडीलाई अवसर दिने बहानामा ब्याटिङ अडर फेरबदल गरिनु हुँदैनथ्यो। 

२. मुख्य बलरहरु नै डेथ ओभरमा चुक्नुः 

ओमानविरुद्धको आजको खेलमा नेपालका मुख्य बलरहरु नै चुक्नु दोस्रो कमजोर पक्ष देखियो। नेपाल पहिले देखि नै ब्याटिङमा भन्दा बलिङमा निकै बलियो र संगठित टोलीका रुपमा परिचित थियो तर आजको खेलमा नेपाल ब्याटिङमा भन्दा पनि बलिङमा चुकेको हो। 

नेपालले दिएको १८५ रनको विशाल लक्ष्य पक्ष्याउन आएको ओमानी ब्याटरहरुलाई नेपाली बलरहरुले कुनै पनि समय दवावमा राख्न सकेनन्। करण केसी गुल्सन झा र सन्दीप लामिछाने जस्ता खेलाडीहरु ओमानी बलिङ सामु निरिह बन्नु नै आज हार्नुको मुख्य कारणमध्ये एक हो भन्दा फरक नपर्ला।  

३.कप्तान रोहित पौडेलले क्याच छाड्नुः 

१९.४ ओभरमा ओमान १७९ रन बनाएर नेपालले दिएको १८५ रन पछ्याउने लक्ष्यमा थियो। सोही क्रममा मोहम्मद नदिमले सन्दीप लामिछानेको बललाई बाउन्द्री कटाउने गरी प्रहार गर्छन् तर सोही समय नेपालका कप्तान रोहित कुमार पौडेलले केहीमाथी उफ्रिएर सो बललाई समात्ने प्रयास गर्छन्।

तर धेरैमाथी र विपरित दिशाबाट बल आएकाले रोहितले उक्त बललाई क्याच गरेर आफू नियन्त्रणमा बस्न नसक्ने आकंलन गरेर उक्त बललाई बाउन्द्री कट्न दिएनन् र बाउन्द्री भित्र नै फ्याकेका थिए तर रोहितको उक्त प्रयास विफल बन्दै भित्र फ्यालिएको बल पनि बाउन्द्री लाइन छुन सफल भयो। यो घटना पनि नेपालका लागि हारको अर्को मुख्य कारण हो।

४. पावरप्लेमा निरन्तर विकेट गुमाउनुः 

आज नेपालले हार ब्यहोर्नुको अर्को मुख्य कारण पावरप्लेमा निरन्तर विकेट गुमाउनु पनि अर्को कारण हो। नेपालले आज टस जित्दै पहिले बलिङ गर्ने निर्णय गर्यो। पहिले ब्याटिङमा उत्रिएको नेपालले १० ओभरमा ६० रन बनाएर ४ विकेट गुमाइ सकेको थियो। 

नेपाल पहिले देखि नै ब्याटिङमा भन्दा बलिङमा निकै बलियो र संगठित टोलीका रुपमा परिचित थियो तर खेलमा नेपाल ब्याटिङमा भन्दा पनि बलिङमा चुकेको हो। 

यस्तो अवस्थामा नेपाली क्रिकेट टोलीलाई कप्तान रोहित पौडेल र गुल्सन झाले उकास्ने काम गरे। यदि कप्तान रोहित पौडेल र गुल्सन झाले लामो साझेदारी नगरेका भए नेपालको अवस्था अझै कमजोर हुनेथ्यो। 

केन्द्रविन्दु टिभी

प्रकाशित: २१ कात्तिक २०८० ०६:३५ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी