1
1
1
1
1
39
Shares

सुनको असर्फी र सिक्का किन्न लाइन बसेका सर्वसाधारण भन्छन्- हामीलाई डस्विनमा फाल्ने फोहोर सम्झियो [भिडियाे]

1
1
1
1
1
1
1
1

कार्तिक १९ गते देखीनेपाल राष्ट्र बैंकले तिहारको लागि सुन र चाँदीको असर्फी बिक्री गर्दै आएको छ।

बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुन र चाँदीकाअसर्फी बिक्री गर्नलागेको हो। पछिल्लो समय चाँदीको सिक्काभन्दा सुनको असर्फी लिनेको संख्या बढी छ। 

केन्द्रबिन्दु टोली नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा कार्यालयमा पुग्दा असर्फी लिनलाईनमा पर्खिरहेका सर्वसाधारणले लाइन नसरेको भन्दै निकै गुनासो गरिरहेका थिए।

प्रत्येक दिन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा कार्यालयमा सयौंको संख्यामा सुन र चाँदीका असर्फी किन्ने मानिसहरुको भिड देखिन्छ। राष्ट्र बैंकका अनुसार सुनको सिक्का एक जनाले बढीमा एक सेट अर्थात १० ग्राम, ५ ग्राम, र २.५ ग्रामसम्म किन्न पाउँछन्। 

त्यस्तै चाँदीका सिक्का एस सेट अर्थात (गाईअंकित २५ ग्राम, १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गज लक्ष्मीअंकित १० ग्रामको एक सेट सिक्का किन्न पाउँछन्। बैंकका अनुसार असर्फी खरिदको लागि नगद वा क्युआर दुबै मार्फत भुक्तानी गर्न सकिन्छ।

केन्द्रबिन्दु टोली नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा कार्यालयमा पुग्दा असर्फी लिनलाईनमा पर्खिरहेका सर्वसाधारणले लाइन नसरेको भन्दै निकै गुनासो गरिरहेका थिए।

राष्ट्र बैंकका अनुसार सुनको सिक्का एक जनाले बढीमा एक सेट अर्थात १० ग्राम, ५ ग्राम, र २.५ ग्रामसम्म किन्न पाउँछन्। 

सर्वसाधारण मानिसहरु लामो समयसम्म लाईनमा बस्नु परेको गुनासो गरिरहेका थिए। लाइनमा घण्टैदेखि बसिरहेका मानिसहरु विदेशी मुलुक बरु छिट्टै पुगिने तर आफू बसेको लाइन भने एक इन्च पनि सर्दै नसरेको भन्दै गुनासो गरिरहेका थिए। यस्तै वृद्धबा–आमाहरु पनि आफूहरुलाई राज्यले अनागरिकसरह व्यबहार गरेको भन्दै गुनासो गरिरहेको थिए। 

केन्द्रविन्दु टिभी

प्रकाशित: २४ कात्तिक २०८० १०:०८ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी