1
1
1
1
1
39
Shares

धनतेरसमा किनमेल गर्नुलाई किन शुभ मानिन्छ ? के–के किन्ने प्रचलन छ ? [भिडियाे]

1
1
1
1
1
1
1
1

आज धनतेरससँगै हिन्दुहरुको महान चाड तिहार सुरु भएको छ। हरेक वर्ष कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ। 

आजको दिन विशेषरुपमा भगवान धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ।

आजको दिन विशेषरुपमा भगवान धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ। जसले गर्दा आजको दिनलाई घर–घरमा समृद्धि भित्रिने दिनको रुपमा लिइन्छ।

यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ। यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किन्ने चलन छ। आज विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ। जसले गर्दा बिहानैदेखि असन, इन्द्रचोक, न्युरोड लगायतका व्यापारिक केन्द्रका भाडा पसलहरुमा उपभोक्ताहरुको भीड लागेको छ। 

धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ। यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ।

 साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ। यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ।भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ।

धनतेरसमा कुचो पनि किन्ने प्रचलन छ।

उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन्। धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन्। धनतेरसमा कुचो पनि किन्ने प्रचलन छ। यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ। 

केन्द्रविन्दु टिभी

प्रकाशित: २५ कात्तिक २०८० ०८:५९ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी