हिन्दुहरुको महान् पर्व तिहारलाई उज्यालोको पर्वको रुपमा लिइन्छ। जसकारण तिहार नजिकिएदेखि तिहार सकिँदासम्म पनि घर, कार्यालय, व्यवसायिक स्थानहरुलाई झिलीमिली बत्तीहरुले सजाउने प्रचलन छ।
बजारमा झिलिमिलीका साथ अन्य विभिन्न थरीका आकर्षक विद्युतीय दियोहरु बढ्दा वर्षाैदेखि माटाका पाला बनाउने पेशा गर्ने समुदायहरु संकटमा परेका देखिन्छन्।
तिहारमा झिलिमिली लगायत विद्युतीय बत्तीको माग बढ्ने गर्छ। पहिले–पहिलेमाटाका पालाहरुको प्रयोग गर्ने गरिएपनि पछिल्ला वर्षहरुमा भने विद्युतीय बत्तीको प्रयोग गर्ने प्रचलन बढेको छ। जसले गर्दा हाम्रो परम्परागत शैलीकामाटाका पालाहरु लोप हुने त होइन्न भन्ने प्रश्न चिन्ह् पनि खडा भएका छन्।
तिहार बजारमापनि झिलिमिली लगायतका विद्युतीय बत्ती पाइने पसलमा उपभोक्ताहरुको भीड बढेको छ ।व्यापारीहरुपनि यसवर्ष विद्युतीय बत्तीको राम्रो व्यापार भएको बताउँछन्।
उपभोक्ताहरुपनि लामो समयसम्म टिक्ने हुनाले पुन ः प्रयोग गर्नपनि मिल्ने भएकाले झिलिमिली बत्ती आफनो रोजाइमा परेको बताउँछन्। उनीहरु भन्छन् आकर्षक पनि देखिन्छ, पोल्ने , निभ्ने डरपनि हुँदैन यसकारण विद्युतीय बत्ती नै राम्रो लाग्छ ।
विद्युतीय व्यवसायी महासंघका अनुसार यस वर्ष तिहारमा५० करोड रुपैँया भन्दा बढीकोझिलीमिली बत्तीआयात भएको छ ।यसरी विद्युतीय बत्तीको आयातमा करोडौ रुपैँया बाहिरिदा माटाका पाला बनाउने परम्परागत व्यवसाय धानेका समुदायलाई भने प्रत्यक्ष असर परेको देखिन्छ।
उनीहरु भन्छन्, बजारमा विद्युतबाट बाल्न मिल्ने दियोहरु आउँदा, हाम्रो बजार घटेको छ। वर्षाैंदेखि थालेको पेशा छाडन्पनि सक्दैनौं, संस्कृतिको जर्गेना गर्नुपर्छ लागेरमात्र पेशा नछाडेका हौँ।
बजारमा झिलिमिलीका साथ अन्य विभिन्न थरीका आकर्षक विद्युतीय दियोहरु बढ्दा वर्षाैदेखि माटाका पाला बनाउने पेशा गर्ने समुदायहरु संकटमा परेका देखिन्छन्।
तिहारमा झिलिमिली लगायत विद्युतीय बत्तीको माग बढ्ने गर्छ। पहिले-पहिलेमाटाका पालाहरुको प्रयोग गर्ने गरिएपनि पछिल्ला वर्षहरुमा भने विद्युतीय बत्तीको प्रयोग गर्ने प्रचलन बढेको छ।
आयातित झिलिमिलीले घरहरू उज्यालिएका त छन् तर सँगै संस्कृति भने अँध्यारिँदै गएको भान हुन्छ। आधुनिकतासँगै, परम्परागत शैली र सँस्कृतिको जगेर्नामा पनि विचार पुर्याउन आवश्यक छ।
केन्द्रविन्दु टिभीप्रकाशित: २७ कात्तिक २०८० ०६:०० सोमबार