बदमासी गर्नेहरूको कारण शेयर बजार बिग्रियो: डा. चिरञ्जीवी नेपाल (भिडियाे)

बदमासी गर्नेहरूको कारण शेयर बजार बिग्रियो: डा. चिरञ्जीवी नेपाल (भिडियाे)


नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रूपमा विकास हुन नसकेको बताएका छन् ।

पूर्वगभर्नर नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रूपमा विकास हुन नसेकेको बताएका हुन् । उनले विगत ७ वर्ष अगाडि गति शेयर बजारको विकास र विस्तारको लागि परिवर्तन भएको थियो त्यसपछि कुनै परिवर्तन नभएको बताए । पूर्वगभर्नर नेपालले लामो समय देखि पुँजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए । 

उनले पछिल्लो समय शेयर बजार लगानीकर्ताहरू उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए । सोमबार एक अन्तर्वार्ताका क्रममा नेपालले बजारमा सुधार हुन नसक्नु शेयर बजारमा बदमासी गर्नेहरूलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालमा समाजवादी तथा प्रगतिशील विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि शेयर बजारलाई जुवा घर, अनुत्पादन क्षेत्र र सम्राराज्यवादको विस्तारित रूप जस्ता विचारले बजार विकास हुन नसकेको बताए । उनले शेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरूले शेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए । पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सधैँ बजारप्रति सकारात्मक रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिमा ४÷१२ करोडको सीमा तोक्ने समय गलत भएको बताएका छन् । अब नेप्सेलाई सरकारले निजी साझेदारीका रूपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको बताए ।

पूर्वगभर्नर नेपालले भने,‘ शेयर बजारको विकास जुन गतिमा हुनु पर्ने भएको छैन । जति बेला म धितो बोर्डको अध्यक्ष भएको बेला मैले जे गरे त्यस पछि खासै केही भएको छैन । जुन बेला सेमी अटोमेशन ल्याएको थिए । त्यस पछि शेयर बजार सुधारको लागि शेयर नियमावली परिमार्जन गरेर ल्याउनु पर्ने थियो त्यो समेत ल्याउन सकिएको छैन । पहिला पहिला नागरिकताको फोटोकपी बनाएर बोरा बोरामा पैसा बोकेर शेयरमा लगानी गर्ने गरिन्थियो । यस्तो व्यवस्था हटाएर मैले सबै बैंकमा खाता खोलेर बैंकिङ प्रणाली मार्फत कारोबार सुरु गर्ने काम गरेको थिए । तर त्यसपछि जुन गतिमा शेयर बजारको विकास हुनुपर्ने हो भएको छैन । बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेश गरे तर लगानीकर्ता बजारमा प्रवेश गरे पनि बजार सुरक्षित तवरले अगाडि बढ्न सकेको छैन । सुरक्षित तवरले अगाडि बढ्नको लागि विश्वमा शेयर बजारमा भएका नयाँनयाँ सफ्टवेयर देखि लिएर नियम कानुन समेत नेपालमा पनि ल्याउनु पर्छ । शेयर बजारमा बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारबाही हुन्छ । शेयर बजारमा बदमासी गरेको लाई अहिलेसम्म कुनै कारबाही गरेको छ । शेयर बजारमा बदमासी गर्नेलाई कसैले कारबाही गरेको छ । अहिलेसम्म त्यस्तो छैन । यो विषयमा सबैलाई थाहा छ । बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा शेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन। शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन। १० स्थानबाट कार्यालयको काम गरेर हिँडेको छ । यो स्थितिमा शेयर बजारको प्रमुख नै छैन। ४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाउँमा चार महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ । शेयर बजार सबै भन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्रमा कसैको ध्यान गएको जस्तो लाग्दैन । त्यसैले ३२ सय अंकमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो । ३२ देखि ३३ अर्बको मात्रै कारोबार भएको छ ।'

उनले अगाडि थपे 'त्यसले गर्दा हाम्रो देशमा प्रमुख मानिने राजनीतिक दलका प्रमुख नेतृत्व नै शेयर बजारको विषयमा गलत प्रचार गर्दछन् । जहाँ साम्मेवादी र प्रगतिशील विचार भएका मन्त्रीहरू कसैले शेयर बजार जुवा घर हो भन्ने कसैले अनुत्पादन क्षेत्र भन्ने गरेका छन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरूले बेलाबेलामा दिएका अभिव्यक्तिले संवेदनशील शेयर बजार असर परेको छ।  शेयर बजार सम्बेदशिल क्षेत्र भएकाले सानो चिजले पनि लगानीकर्तामा असर गर्ने गरेको छ। लगानीकर्ता अत्तिरहेका पनि हुन्छन् भने हैसिएका पनि हुन्छन्। त्यसैले शेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरूले बोल्दै नबोल्दिए राम्रो हुन्छ । उहाँहरुले बोल्नु पर्ने जरुरी पनि रहेको हुँदैन । शेयर लगानीकर्ताहरूले भने जस्तो राष्ट्र बैंकले शेयर बजारलाई अवहेलना गरेको छैन। बैंकले अवहेलना नभई राष्ट्र बैंकले पुँजी वृद्धि गरेकाले नै अहिलेको अवस्थामा पुगेको हो । १८ सयसम्म पुँजी वृद्धिले पुराएको छ । पहिलो ७ सयको इन्डेक्स रहेको थियो । यहाँ पुग्ने अवस्था थिएन । पुँजी वृद्धि नभएको भए १५ सयको हाराहारीमा बजार रहने थियो । राष्ट्र बैंकले शेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र हेर्ने हो । तर, पनि शेयर बजारलाई सर्पोट गरेको छ। अहिले पनि गरेको छ। तर, कहिले कहिले राष्ट्र बैंकले लिएको नीतिले असर पर्छ । राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीतिमा तुरुन्त ४/१२को सीमा नल्याएको भए हुने थियो । तर ल्याउँदा केही असर पर्यो । जहाँसम्म बैंकले बजारमा बढी पैसा जान्छ की भन्ने लागेर हुन सक्छ। बजार बढी रहेको थियो राष्ट्र बैंकले बिस्तारै थाहा नपाउने तरिकाले गर्नु पर्ने थियो । तर त्यस्तो भएन यसमा शेयर लगानीकर्ता राष्ट्र बैंक प्रति दुखी छन्। नेपाली शेयर बजारले अन्तर्राष्ट्रिय बजारमा सन्देश राम्रो दिदैन् । अरू देशमा शेयर बजारको मान्यता दिएर नीति निर्माता देखि लिएर सबैले हेरेको हुन्छ । तर नेपालमा नीति निर्माताले शेयर बजारलाई त्यति महत्त्व नदिएको अवस्था हो । जो कोही सरकारमा गए पनि शेयर बजारलाई ध्यान दिने गरिएको छैन । मुलुकको अर्थतन्त्रमा आर्थिक वृद्धि गर्नेको लागि पनि महत्त्वपूर्ण योगदान रहेको छ । यसले छरिएर रहेको पुँजीलाई जम्मा गर्ने र कम्पनीको शेयर जनतालाई दिएर कम्पनीमाथि जनतालाई पनि जिम्मेवारी बनाएको छ । देशभरि छरिएर रहेको पुँजीलाई संकलन गरेर उद्योग पति व्यापारीहरूले व्यापार व्यवसाय विस्तार गर्ने शेयर बजारको संसार भएर नै उपयोग गर्ने गरेका छन् । हाम्रो जस्तो देशमा पैसा बचत गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने स्थापित गर्ने अत्यन्त उपयोगी संस्था शेयर बजार हो । यसबाट नै रोजगारी वृद्धि समेत गरेर देशको आर्थिक विकासमा सहयोग पुराएको छ । मुलुकको जिडिपीमा समेत ठुलो योगदान रहेको छ। जीडिपी भन्दा बढीको कारोबार मात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवयरहरु ल्याउने र निजी साझेदारीको रूपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ ।’

पूर्वगभर्नर नेपालले विश्वमा नै शेयर बजार अन्तर्राष्ट्रिय रूपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताएका छन् ।

 

Logo