मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेका छन्ः माधव नेपाल (भिडियोसहित)

मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेका छन्ः माधव नेपाल (भिडियोसहित)


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको बताएका छन्।

आइतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले आई लभ यू केपी बा भनिरहेको बताएका हुन् । उनले व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले आफूलाई देवता ठान्ने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दम्भ र निरंकुशताको प्रवृत्ति देखाएको बताए। अध्यक्ष नेपालले १५ वर्षसम्म आफ्नो माताहतमा रहेकाले नै आफ्नो निवेदन र आग्रह नसुनेको गुनासो गरे।

अध्यक्ष नेपालले स्वतन्त्र चिन्तनहरु, आफ्नो विचार, धारणा राख्न चाहनेहरु, पार्टीको भलाइ सोच्नेहरु, समाजको परिवर्तनमा जुट्नेहरु, नेपाल राष्ट्रको गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरुको कुरा नसुन्दा एमालेमा अहिलेको अवस्था आएको बताए।

 

Logo