‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर रिलिज

‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर रिलिज


चलचित्र  ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । ट्रेलरमा लडाइँ र प्रेमका दुई आयामलाई चित्रण गरिएको छ । 

स्व.छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रको केन्द्रीय द्वन्द्व नै राजयोगमा जन्मिएको प्रेम नामक पात्रको जीवनमा गीत नामक युवतीको प्रवेश भएपछि आउने उतारचढावलाई देखाउन खोजिएको छ । 

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको प्रमुख भूमिका छ । चलचित्र  असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ ।

 

Logo