भारतीय मूलका डाक्टरद्वारा प्रधानमन्त्री नरेन्द्र मोदी लगायत दुई जनाविरुद्ध मुद्दा दर्ता

भारतीय मूलका डाक्टरद्वारा प्रधानमन्त्री नरेन्द्र मोदी लगायत दुई जनाविरुद्ध मुद्दा दर्ता


अमेरिकामा रिचमण्डका भारतीय मूलका ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. लोकेश वुयुरुले प्रधानमन्त्री नरेन्द्र मोदी, आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन रेड्डी र व्यापारी गौतम अडानीविरुद्ध भ्रष्टाचार, पेगासस स्पाइवेयरलगायतका धेरै विषयमा मुद्दा दर्ता गरेका छन्।

अमेरिकी जिल्ला अदालत कोलम्बियाले समन जारी गरेको छ । आन्ध्रका मूल निवासी डा.वुयुरुले पीएम मोदी, रेड्डी र अडानी र अरूले अमेरिकामा नगद स्थानान्तरण र राजनीतिक विरोधीहरू विरुद्ध जासूसी सफ्टवेयर पेगासस प्रयोग सहित भ्रष्टाचारमा संलग्न भएको बिना कागजात आरोप लगाएका छन् ।

भारतीय–अमेरिकी अधिवक्ता रवि बत्राले यसलाई अर्थहीन मुद्दा भनेका छन्। डा.लोकेशले गत वैशाख २४ गते अदालतमा ५३ पृष्ठको निवेदन दायर गरेका थिए । 

Skip This
Logo