११ कात्तिक २०७८ बिहीबार

0 Shares

कश्मिरमा अनिश्चिनकालीन कर्फ्यु, हिन्दुहरूको धार्मिक यात्रा रोकियो

एजेन्सी । भारत प्रशासित कश्मिरमा अनिश्चिनकालीन कर्फ्यु आदेश जारी गरिएको छ । विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गर्र्दै राजधानी श्रीनगरमा अनिश्चिनकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्रेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

श्रीनगरमा भारतको संविधानको धारा १४४ लागु गरेसँगै अर्को आदेश नभएसम्म यस क्षेत्रमा मानिसहरुले आवतजावत गर्न पाउने छैनन् । यस अवधिभर सबै शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् ।

सरकारले कयौं शैक्षिक संस्थाका छात्राबास खाली गर्न आदेश दिएको छ । राजधानी श्रीनगरसहित सम्पूर्ण कश्मिर घाटीमा मोबाइल र इन्टरनेट सेवा बन्द भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रबारबाट शुरु भएको पवित्र हिन्दू तीर्थस्थल अमरनाथ यात्रा रद्द गरिएको थियो । अमरनाथ गुफा दर्शनका लागि पुगेका हजारौं भक्तजन र पर्यटकलाई तत्काल कश्मिर घाटी छाडेर जान आग्रह गरिएको थियो ।

कश्मिरमा उग्रपन्थी मुस्लिम संगठनले आक्रमण गर्ने सूचनापछि प्रशासनले केही दिनयता उच्च सुरक्षा सतर्कता अपनाएको थियो । हिन्दू भक्तजनमाथि लक्षित गरी अमरनाथ यात्राका क्रममा हिंसा भड्काउने सूचनापछि सरकारले सुरक्षा बल थपेको थियो ।

प्रकाशित: २० साउन २०७६ १०:२० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी