कति सम्पत्तीका मालिक हुन जस्टिन बिबर ? वर्षमा यति कमाउछन् उनी !!

कति सम्पत्तीका मालिक हुन जस्टिन बिबर ? वर्षमा यति कमाउछन् उनी !!


जस्टिन बिबर ती स्टार मध्ये एक हुन, जसले कम उमेरमा सफलताको शिखर चढ्ने मौका पाए । 

२८ वर्षको उमेरमा, उनलाई विश्वकै सर्वाधिक सफल गायकहरु मध्ये एकका रुपमा चिनिन्छ । दुर्भाग्यवश ! केहि समय अघि उनको अनुहारको एक भागमा पक्षघात भएको थियो । अस्वस्थ्यताका कारण उनले विश्व साँगीतिक भ्रमण रद्द गर्नुपरेको थियो ।

जस्टिन बिबरले आफ्नो रोगका बारेमा सामाजिक सञ्जालमा बताउदै आएका थिए । यस्तो अवस्थामा मानिसहरू जस्टिनका बारेमा सानो भन्दा सानो कुरा खोजिरहेका छन् । जस्तै उनको नेट वर्थ कति हो ? उसले वार्षिक रूपमा कति कमाउछ ?  

फोर्ब्सले सन् २०१७ मा जारी एक रिपोर्ट अनुसार जस्टिन बिबरले हरेक वर्ष करिब ८ करोड डलर कमाउने गरेको बताइएको छ । रिपोर्टका अनुसार जस्टिन बिबरले मुख्यतया विश्व भ्रमणबाट कमाइ गर्छन् । अहिलेसम्म उनले करिब तीन पटक विश्व भ्रमण गरिसकेका छन् । जसबाट उनले मनग्गे आम्दानी पनि गरिसकेका छन् । फोर्ब्सका अनुसार, उनको पहिलो भ्रमण, ‘माई वर्ल्ड’ (२०१०–२०११) मा उनले ४५३.३ मिलियन डलर कमाएका थिए । 

यस्तै दोस्रो भ्रमण ‘बिलिभ’ (२०१२–२०१३) मा उनले ६९.९ मिलियन डलर आम्दानी गरेका थिए । 
बिलबोर्डका अनुसार, जस्टिन बिबरको तेस्रो भ्रमण ‘पर्पस वर्ल्ड टुर’ (२०१६–२०१७) मा उनले सबैभन्दा बढी अर्थात २५ करोड डलर कमाएका थिए ।  
यस बाहेक उनले नेभर से नेभर डकुमेन्ट्रीबाट पनि मनग्य आम्दानी गरे । बिलबोर्डका अनुसार, ‘नेभर से नेभर’ डकुमेन्ट्रले कुल ७३ मिलियन डलरको व्यापार थियो ।  

योसँगै उनले विलिभ एल्बमबाट ४.५ मिलियन डलर कमाए । यति मात्र होइन, सन् २०२१ मा उनले ‘जस्टिन बिबरः आवर वर्ल्ड’ का लागि अमेजनसँग हात मिलाएका थिए । विश्व भ्रमण र गीतहरू बाहेक, जस्टिन बिबरले युट्युवबाट पनि राम्रो कमाई गर्छन् । जहाँ उनको ७० मिलियन सस्काइबरहरू छन् । 
योसँगै उनले विज्ञापनबाट पनि मनग्य आम्दानी गर्छन् ।

रिपोर्टका अनुसार १८ वर्षको उमेरमा कालाबासाससँग विवाह गरेका थिए । त्यसै बेला उनले क्यालिफोर्नियामा ६.५ मिलियन डलरको घर लिएका थिए । जुन उनले सन् २०१४ मा कार्दशियनलाई ७.२ मिलियन डलरमा बेचेका थिए । यसपछि उनले सन् २०२० मा बेभर्ली हिल्समा एउटा विलासी घर किनेका थिए । यो घर २.५ एकड जमिनमा फैलिएको छ जसको मुल्य २५.८ मिलियन डलर रहेको छ ।  यसबाहेक उनको क्यानडामा पनि एउटा घर छ । 

लक्जरी घरका अलावा जस्टिन बिबर महँगो गाडी पनि निकै रुचाउछन् । उनीसँग अहिले अडि आर८, लम्बरगिनी युरस, फ्युचरस्टिक रोल्स रोयल घोस्ट, ३ वटा जि वागन्स, क्रोम ब्युल्यु फेरारी ४५८ इटालीया जस्ता लग्जरी गाडिहरुको कलेक्सन रहेको छ । 

Logo