पहिरोबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन नेविसङ्घको माग

पहिरोबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन नेविसङ्घको माग


काठमाडौं ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले देशभर बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकको बाह्रबीसे, जुगल गाउँपालिका, बाजुराको बूढीनन्दा नगरपालिका र अछामको रामरोशन गाउँपालिकामा गएको बाढीपहिरोमा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरेका हुन् ।

“बाढी, पहिरो र डुबानका कारण प्रभावित उद्धार र राहत कार्यमा सरकारले तदारुकता देखाई घाइतेको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउन नेविसङ्घ माग गर्दछ”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले बाढीपहिरोका कारण घरबारविहीन भएकालाई पुनर्वास तथा दीर्घकालीन जीवीकोपार्जनको व्यवस्था मिलाउन आग्रह गरे। नेविसङ्घले विद्यार्थीलाई विपद्का समयमा उद्धार र राहतमा जुट्नसमेत आह्वान गरेको छ ।

Logo