संसारको सबैभन्दा लामो सुरुङमार्ग जर्मनी र डेनमार्कले बनाउदै

संसारको सबैभन्दा लामो सुरुङमार्ग जर्मनी र डेनमार्कले बनाउदै


जर्मनी र डेनमार्कले मिलेर युरोपलाई मात्र नभई विश्वलाई सबैभन्दा लामो रेल सुरुङ दिने तयारी गरेका छन् । 

जर्मनी र डेनमार्कले मिलेर यस सुरुङको नाम ‘फेहमारनबेल्ट’ रेल टनेल राखेका छन् । बाल्टिक सागर मुनि ४० मिटर अग्लो विश्वको सबैभन्दा ठूलो रेल सुरुङ मार्ग निमार्ण अहिले तिब्र गतिमा चलिरहेको छ । जर्मनी र डेनमाकका अनुसार यस सुरुङ मार्गबाट रेलका अलावा मोटरसाइकल र कार पनि जान सक्नेछन् । यो सुरुङले डेनमार्क र जर्मनीलाई जोड्नेछ, जसका कारण यी दुई देशबीचको यात्रामा लाग्ने समय निकै कम हुनेछ । यो सुरुङको योजना पूरा गर्न १० वर्ष लाग्नेछ । 

यो सुरुङ करिब १८ किलोमिटर लामो हुनेछ । यो युरोपको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो । जसको बजेट ७.१ बिलियन डलर भन्दा बढी छ । यसलाई बनाउने जिम्मेवारी डेनमार्कको फेमोर्न ए÷एस कम्पनीले पाएको छ । यस कम्पनीका सीईओ हेनरिक भिन्सेन्टसेनका अनुसार ‘पहिलो उत्पादन लाइन यस वर्षको अन्त्य वा अर्को वर्षको सुरुमा तयार हुनेछ ।’ इङ्गल्याण्ड र फ्रान्सलाई जोड्ने च्यानल टनेलको लम्बाई करिब ५० किलोमिटर लामो छ ।

कम्पनीका प्राविधिक निर्देशक जीन ओले कासुल्यान्डले अहिले कोपेनहेगनदेखि ह्याम्बर्गसम्म रेलमा साढे चार घण्टा लाग्ने बताए । तर सुरुङमार्गपछि यो रुट साढे दुई घण्टा मात्रै रहनेछ ।
 

Logo