मानसिक स्फूर्तिका लागि कम्पनीले दियो कर्मचारीलाई ११ दिन बिदा

मानसिक स्फूर्तिका लागि कम्पनीले दियो कर्मचारीलाई ११ दिन बिदा


आफ्ना कर्मचारीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनको लागि ई–कमर्स प्लेटफर्म मिसोले  लगातार दोस्रो वर्ष ११ दिने कम्पनीव्यापी ‘रिसेट एन्ड रिचार्ज ब्रेक’ घोषणा गरेको छ ।  

कर्मचारीहरूलाई कामबाट पूर्ण रूपमा आराम दिन र उनीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन लामो बिदा दिइएको कम्पनीले वेबसाइटमा जानकारी दिएको छ । 

कामको जीवन सन्तुलन राम्रो मानसिक स्वास्थ्यको लागि सर्वोपरि भएको कम्पनीका संस्थापक सञ्जीव बर्नवालले ट्वीट गरेका छन् । ‘ आगामी चाडपर्वको सिजन र कामको जीवन सन्तुलनको महत्वलाई  ध्यानमा राख्दै हामीले लगातार दोस्रो वर्षको लागि ११ दिने कम्पनी–व्यापी ब्रेकको घोषणा गरेका छौं ! ’ बर्नवालले भनेका छन् ।

मिसोले कार्यलयका कर्मचारीलाई यसअघि पनि विभिन्न अवसरमा लामो बिदा दिने घोषणा गरेको थियो । -एजेन्सी

Skip This
Logo